कोरोना महामारी : ९० लाख विद्यार्थीको भविष्य अन्योलमा

भर्ना र शुल्कमा समस्या, विद्यार्थीलाई आफ्नै कक्षाबारेमा अन्योल
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ चैतबाट विद्यालय तहदेखि विश्वविद्यालयसम्मकै बन्द भएको पठनपाठनदेखि स्थगित भएका परीक्षा कहिले सुचारु हुन्छन् वा विकल्प के हुन्छ भन्ने अझै अन्योल छ ।

लकडाउन खुकुलो भए पनि कक्षाकोठामै उपस्थित भएर पढ्न पाउने विषयमा अनिश्चितता कायमै छ । त्यति मात्र होइन, विद्यालय तहमा स्थगित भएका परीक्षामध्ये एसइईको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भए कक्षा ११ र १२ को औपचारिक निर्णय भएको छैन ।

 
 
  
 

You may also like