काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नजिक पुगेको छ ।आज (बिहीबार) विहानसम्ममा संक्रमितको संख्या विश्वभर ९५ लाख १४ हजार नौ सय ६४ पुगेको वर्ल्डओमिटरले जनाएको छ ।संक्रमितमध्ये अहिलेसम्म ५१ लाख ६२ हजार सात सय ९२ जना उपचारपछि निको भएका छन् । अहिले ३८ लाख ६४ हजार २९२ जना मात्रै उपचारका क्रममा छन् । त्यसमध्ये ५८ हजार ४११ जना संक्रमितको अवस्था मात्रै गम्भीर छ । बाँकी संक्रमितको अवस्था सामान्य छ ।
गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ६७ हजार आठ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म विश्वभर मृतकको संख्या चार लाख ८३ हजार ८७८ पुगेको छ । गएको २४ घण्टामा विश्वभर चार हजार नौ सय ९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार १०३ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी मेक्सिकोमा ७९३, अमेरिकामा ७७४, भारतमा ४२४, चिलीमा २२६, रुसमा १५४, बेलायतमा १५४, पेरुमा १८२, इरानमा १३३, दक्षिण अफ्रिकामा १०३ जनाले ज्यान गुमाएका छन् । एजेन्सी