यी र यस्ता सबैकुराबाट चर्चित,भरिपुर्ण र महान् छ हाम्रो प्रदेश नं -५ !

  • लालमणि भुसाल “अविलासी”

एउटा न एउटा गुण-बिशेषता त हरेक प्राणि मात्र होइन,हरेक निर्जीव वस्तुमा पनि हुन्छ।व्यक्ति,समाज,देश, महादेश, धर्ती र ब्रह्माण्डको कुरा त गौण हुनजान्छन् यी कुराहरुमा। तर पनि भ्रम,झुट अनि जाल-तालको कुरा नगरी सत्य बोल्ने,लेख्ने,साँचोकुरालाई देख्ने,उजागर र मनन गर्नेहो भने हाम्रो ५ नं प्रदेश आफैंमा एउटा ब्रह्माण्ड छ।जुन कुनै खगोलविद र इतिहासकारले हालसम्म अनुशान्धान गर्नै सकेका छैनन्। गरेपनि र नगरेपनि विश्वको इतिहासमा नेपाल र नेपालको यथार्थमा मध्य नेपालको लुम्बिनी-गण्डक-राप्ती (हालको ५नं प्रदेश र वरिपरिको भूगोल) वास्तवमै चर्चित रअर्थपूर्ण नमुनाको प्राय: छ।

मानव सभ्यता,पर्यावरण,त्याग-तपस्या सहितको पुर्खौली विराशत,मैत्रीपुर्ण वातावरण,मौशम र अनौठोखाले हावापानी र प्राकृतिक-कृत्रिम शान-मान र सम्पदाले सु-शोभित र अलौकिक छ यो प्रदेश । हामी आफ्नो पन र स्वाभिमानलाई भुल्न शक्दैनौं। पुर्खाको त्याग र बलिदानलाई बिर्सन सक्दैनौं। हामी कुनैदिन संसारमा सबैभन्दा धनी थियौं। संसारकै धनी। आज अरुकोसामु हातथाप्ने अवस्था छ। त्यो हाम्रो पुर्खाहरुको कारणले किमार्थ होइन।

सरदर शाह बंशको तेस्रो काल पछि हाम्रो देशको साशक वर्गको व्यक्तिगत स्वार्थ,अनावस्यक दाउपेच र निक्रिस्ट सोंचले गर्दा देश क्रमस:गरिव हुँदै गयो। यद्धपि हाम्रा वीर योद्धा पुर्खाहरुले प्राणको बाजी राखेर मुलुकको अस्मितालाई जीवित राख्न सके त्स्स्मा पनि हाम्रो प्रदेशको योगदान अतुल्यनीय छ।

हामी धनी बाउआमाको सम्पन्न शन्तान् हौँ।पुर्खाको ईज्जत सन्ततिलाई छ। त्यसैले पनि हामी सबैको सामु कसैसङ्ग शिर झुकाएर हिँडेनौ।लोले बोलीले बोलेनौं। तेही पुरानो पुर्खाको बलिदानीको कमाइले आर्ज्याको मुलुकमा कम्तिमा ४०,४५ ठाउँका जमिन र १०० बढी जन्गेपिल्लर (सिमास्तम्भ) नाङ्गो रुपमा लुटिंदा चोरिंदा हाम्रा करिव साठीसाल देखि यताका नेताहरु खुब नतमस्तक भएर बसे। त्यो लूट र राज्यमाथिको बैमानिपुर्ण धावा बाट हाम्रो प्रदेश पनि उच्च जोखिममा पर्दै,लड्दै र भिड्दै नागरिकको जीवन,सम्पतिको रक्ष्या र राज्यको सस्मिताको रक्ष्यार्थ सतिसालबनेर उभिईरहेकोछ।

***संघियता पछिको पूर्वी रुकुम देखि पश्चिम नवलपरासी सम्मको १२ जिल्लामद्धे अधिकाम्स जिल्ला भारत संगको सीमामा जोडिएर सबैखाले तनाव पिडा र सानाठूला सबैखाले लडाई लड्दै आत्मारक्ष्या र देशको माटो बचाई रहेकाछन्। सुस्ता,लगायत भारत संगका विवादित भुमि यहि प्रदेशमा पर्दछन् भने नेपालकै दोश्रो ठूलो पारबहन नाका सुनौली यहिप्रदेशाको नमुना हो***।
***लाइट अफ एसिया नामले पुकारिने विश्व शान्ति र अहिंसाका प्रवर्तक भगवान श्री सिद्धार्थ गौतम बुद्धको जन्म, मावली,र ससुराली तथा पुर्व कर्ममा आधारित ग्यान र त्यागको शिक्षामिलेको तपोभूमि यहि प्रदेशमा पर्दछ। नालापानिको लडाईका इतिहासपुरुष बलभद्रका सारथि युद्धगुरु अमरसिंह थापा (भीमसेन थापाका पिता)ले नाङ्गो खुकुरीको भरमा मध्यनेपालको भूभाग बुटवल-सिउराज लगाएतका १०००औं बर्गमाइल भूभाग अंग्रेज संग लडेर बचाएको बिरासतको किल्ला जित्गढ़ी यहि प्रदेशको बुटवल (खसौली) बजार छेउमा रातो खुकुरी बोकेर आजपनि उभिईरहेकोछ***।
अलौकिक हावापानी, बनजंगल, बिषालु -हिम्श्रक जनावर,घना खेतीपाती र पहाड तराइको सबै अंशबोकेको चुरेपहाड पनि यहाँ पर्दछ। नेपालको एकीकरणमा पश्चिमी २४सी राज्य विजयगर्ने सवालमा सबैभन्दा शक्तिसाली पाल्पाका नरेश मुकुन्दसेन संग युद्ध लडी जित्न अशंभव मानेर राजा पृथ्वीनारायण शाहले उनकै छोरीसँग बिवाहगरि नातालगाएर खुसिबनाइ पस्छिम छिरेको करिव दुइसय पचास वर्षको इतिहास देखि १० वर्षको विश्व इतिहासकै नमुना चमत्कारी र सफल जनयुद्धको उद्गमस्थल र कैयौं जनमुक्तिसेना, सेनाका सर्वोच्च कमान्डर लगायत हालको राज्यको नेतृत्वका हस्ती राजनेता जन्माउने,बचाउने,र हुर्काएर नेतृत्व सम्म पुराउने ममतामई माटो पनि यहि ५नं प्रदेशको हो।
चुनौती र अवसरका सबै पहाडहरुलाई महाबली हनुमानले एउटै हातमा हिमालय पर्वत बोकेर लंकापुराएझैं आफुले सहजरुपमा बोक्दै आएको चर्चित ५ नं प्रदेश आज कोरोना महामारीको विश्वब्यापी हुँदै रास्ट्रब्यापी बनेको महा संकटको भुमरीमा पनि पहिलो दोश्रो हुँदै सबै ईतिहासको विराशतलाई धान्दैछ।

आँशु र हाँसो जीवनका दुई पार्ट हुन्। शन्ततिलाई दु:ख पर्दा जसरि आमालाई आफ्नै पिडा महसुश हुन्छ। त्यसैगरी आज हाम्रो प्रदेशले पनि मुख्य रुपमा भारत र कैंयौंमुलुकमा रहर वा कहरले पुगेर बिपतकोबेला मातृभूमिमा फर्केका आफ्ना सन्तानहरुलाई सहज स्वीकार र सत्कारगर्दै जीवन रक्ष्यार्थ जुट्न सबैसन्तानलाई अर्थि र आदेश दिईरहेकीछन्। विपतको यश घडीमा समग्र मानवजात, स्वोदेशी बिदेशी नेपालीजनहरु र खासमा ५ नं प्रदेशका आम नागरिक,सुरक्ष्याकर्मी, स्वोयमसेवक,संचारकर्मी, सहयोगी व्यक्ति,संघसंस्था, र मुख्य रूपमा प्राणरक्ष्यक स्वास्थ्यकर्मीहरुको, लगनसिलता धैर्यता,आँट, र निस्वार्थ सेवाभाव र खटनले मानवजातको यस ऐतिहासिक महासंकटबाट सिघ्र र सफलतापुर्वक पारपाउनेमा पनि ५ नं प्रदेश अवस्य अग्रिम हुनेछ र पुराना सबै ऐतिहासिक विराशत र मापनलाई बचाउनेछ भन्ने सबैको अटल विस्वास रहेको छ।
लालमणि भुसाल “अविलासी ” (९८५१०-०११०८)

 
 
  
 

You may also like