मुसिकोटमा ९४ जनाको स्वाब पठाइएकोमा २८ जनाको रिपोर्ट नेगेटिभ ,आइतबार ८ जना डिस्चार्ज

हरि पाठक
गुल्मी।मुसिकोट नगरपालिकामा ९४ जनाको स्वाब संकलन गरि पठाइएकोमा पीसीआर परीक्षणको रिपोर्ट २८ जनाको नेगेटिभ आएको छ ।

मुसिकोटमा हालसम्म १२२ जनामा आरडिटी देखिएको छ ती मध्ये ९४ जनाको स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देही पठाइएकोमा ३८ जनाको पिसिआर रिपोर्ट आएकामध्ये र १० जनाको कोरोना पोजेटिभ आएको हो।

मुसिकोट नगरपालिका ३ बडागाउँ स्थित पृथ्वी माबिको क्वारेन्टाइनमा रहेका मध्ये १० जनामा कोभिड १९ पुष्टि भएको छ अहिलेसम्म ११ जनामा कोरोना पुष्टि भएको छ ती मध्ये वडा नं.४ का १ जना वुटवलस्थित कोरोना विशेष अस्पताल धागो कारखानमा उपचाररत रहेका छन् उनलाई लामोसमयसम्म ज्वरो निको नभएपछि भैरहवा गएका थिए । १० जनाको सम्पर्कमा आएका वा सोही क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी नेगेटिभ आएको र उनिहरू होमक्वारेन्टाइनमा बसेको र ती १० जनाको पुन स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि भैरहवा स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा आउदो मंगलबारसम्म पठाइने उनिहरूको पिसिआर रिपोर्ट पुन: पोजेटिभ आएमा मात्र सम्पर्कमा आएका र एउटै क्वारेन्टाइनमा बसेकाहरूको कन्ट्राक्ट ट्रेसिङ गरिने मुसिकोट नगरपालिका स्वास्थ्य संयोजक ढाल बहादुर जि.सीले जानकारी दिनुभयो ।उहाकाअनुसार १० जना उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएमा कन्ट्याक्ट् ट्रेसिङ गर्नु नपर्ने उनिहरू होमक्वारेन्टिनमा बसेको र उनिहरूको हालसम्म स्वास्थ्य अबस्था सामान्य नै रहेको त्यस्तो केही समस्या आएमा तत्काल गरिनेछ ।

आइतबारसम्म नगरपालिकाका ९ वटा वडाबाट १२२ जनाको आरडिटी परिक्षण पोजेटिभ देखिएको छ ।तीमध्ये ९४ जनाको स्वाब पठाएकोमा ३८ जनाको रिपोर्ट आएको र ५६ जनाको पिसिआर रिपोर्ट आउन बाँकि छ ।आरडिटी पोजेटिभ देखिएका २८ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गर्नका लागि पठाउन बाँकि रहेको नगर स्वास्थ्य संयोजक जि.सीले बताउनुभयो ।आइतबार मुसिकोट वडा नं.१ बाट ८ जना डिस्चार्ज भएका छन् उनीहरुको यही असार १ गते सोमबार पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।

नगरपालिकामा आइतबार आरडिटी नेगेटिभ आएका ५० पुरूष ८ महिला गरि ५८ जना होमक्वारेनटाइनमा सुरक्षित बस्ने गरि घर गएका छन् भने नगरपालिकाका ९ ओटै वडामा हालसम्म ९ सय १४ जनामध्ये अब बाँकि क्वारेन्टाइनमा बसेकाहरूको संख्या ३८ महिला २ सय ६४ पुरूष गरी ३ सय २ जना रहेका छन्।त्यस्तै ३ महिला र ८ पुरूष गरी ११ जना आइसोलेसनमा उपचाररत छन् ।उनिहरू सबैको स्वास्थ्य अबस्था सामान्य नै रहेको छ ।

नगरपालिकामा ८ सय ५० क्वारेन्टिन बेड छन् भने १६ ओटा आइसोलेसन बेड रहेका छन्।त्यस्तै गुल्मीमा हालसम्म कोरोना संक्रमितको संख्या १९३ पुगेको छ जसमध्ये १४ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ।कोरोना परीक्षणका लागि जिल्लाभरबाट १ हजार १६४ जनाको स्वाब संकलन गरेर पठाइएकोमा १७३ को पोजेटिभ र ४५८ जनाको नेगेटिभ आएको ५३३ जनाको रिर्पोट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।स्वास्थ्य मन्त्रालयबाट भने आइतबार प्रेस ब्रिफिङ् मार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ४ पुरूष १ महिला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परिक्षणमा १ महिला १ पुरूष गरि जम्मा ७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

 
 
  
 

You may also like