किन खाने काँचाे केरा ? काँचो केरा सम्बन्धी केहि उपयाेगी जानकारी

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई कमजोरी भयो र तत्काल इनर्जी चाहियो भने एउटा केरा क्वाप्प खाँदा हुन्छ, केही मिनटमै शरीरको कमजोरी हराइहाल्छ । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन ।

यही कारण केरा किलोको भाउमा हैन, दर्जनको भाउमा बिक्छ । किनकी, केराका गुण पनि दर्जनौं छन् । पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ ।

यो त पाकेको केराको कुरा भयो । काँचो केरा पनि कम हितकर छैन । काँचो केरा खाँदा शरीरमा आइरनको पुर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ ।

काँचो केराका फाइदा

पोटासियमको भण्डार

शरीरका लागि पोटासियम निकै आवश्यक छ । तर, पोटासियम सबै खानामा पाइदैन । यही कारण शरीरमा प्रायः पोटासियमको कमी भइरहन्छ । पोटासियमको मुख्य काम हो, शरीर स्फूर्त राख्नु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु ।

काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ, जसले कोशिकाहरुलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।

मधुमेहको औषधि

मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो । यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन् ।

कब्जीयत हटाउने काइदा

विहान शौचालयमा राम्ररी दिसा निख्रदैन । यसैलाई कब्जीयत भनिन्छ । कब्जीयतका कारण पेटमा विभिन्न रोग लाग्ने गर्छ । यदि तपाइलाई पनि कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस् । काँचो केराको अचार, तरकारी बनाएर खान सकिन्छ । काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ ।

फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ । काँचो केरा खाएपछि शरीरमा विषाक्त जम्न पाउँदैन र विस्तारै कब्जीयतको समस्या समाधान हुँदैजान्छ । काँचो केरा यस्तो क्षारीय भोजन हो, जुन ग्यास्ट्रीकका विरामीका लागि समेत लाभकारी छ ।

तौल घटाउँछ

नियमती रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन । यसले गर्दा हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ ।

कब्जियतको समस्याबाट मुक्त

यदि तपाईलाई कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गर्नुहोस । यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ । जसले गर्दा तपाइको कब्जियतको समस्या हराएर जान्छ । यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ ।

हड्डी मजबूत पार्छ

फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले यसले हड्डी मजबूत पार्छ । यसले पाचनप्रणालीमा असल ब्याक्टेरिया सिर्जना गरी शरीरले खनिज र पोषक तत्व लिने क्षमतालाई मजबूत बनाउँछ । क्याल्सियमजस्ता तत्व लिने क्षमता वृद्धि गृर्छ ।

सुन्निएको निको पार्छ

केरामा ‘एन्टी इन्फ्लामेटोरी’ तत्वहरु हुन्छन् । यसको अर्थ के हो भने यो प्राकृतिक रुपमै सुन्निएको निको पार्छ भने आर्थराइटिस र युरिक एसिडमा लाभदायी हुन्छ । पोषक तत्व नपाएको अवस्था र वृद्ध अवस्थामा यस्ता समस्या देखिन्छ । त्यसैले दैनिक रुपमा केरा खाँदा यस्ता समस्या हट्छन् ।

तौल बढाउन पनि उपयोगी

केरा तौल बढाउन पनि उपयोगी हुन्छ । दूधसंग केरा खानाले तीब्र रुपमा तौल बढ्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनीको मात्रा उपलब्ध गराउँछ । यो सजिलै पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ, जसले गर्दा तौल बढ्न मद्धत पुग्छ । यसले शक्ति प्राप्त हुन्छ । खेलाडीले पनि थप उर्जा प्राप्त गर्न ब्रेकका बेला केरा खाने गर्छन्।

पायलको समस्या हटाउँछ

यदि दिसा सजिलै नआउने समस्या या पायल्स छ भने केरा यसको सही उपचार हो । केरा सूजनाप्रतिरोधी भएका कारण पायल्सको समस्या हटाउन मद्धत गर्छ ।

अल्सर निको पार्छ

लामो समयदेखि केरा एन्टासिड खाद्यपदार्थको रुपमा प्रयोग हुँदैं आएको छ । यसमा भएका तत्वले पेटका कोषिकाका क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैंन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।

मिर्गौलामा समस्या निम्तन दिँदैंन

केराले शरीरमा तरल पदार्थको सन्तुलनमा नियमितता ल्याउन मद्धत गर्ने भएकाले मिर्गौलामा समस्या निम्तन दिँदैंन । यसमा भएको एन्टीअक्सिडेन्टले मिर्गौलाले गर्ने काममा सकारात्मक असर गर्छ र विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत गर्छ ।

यसका साथै केरा दृष्टि शक्तिमा फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले पनि मुटुका रोगीलाई फाइदा गर्छ, उच्च रक्तचाप घटाउन मद्धत गर्छ । उच्च आइरन हुने भएकाले रक्तअल्पता हुन दिँदैन ।

हामीले केरा सम्बन्धी केहि थप जानकारी दिइएका छाै

सुत्नुभन्दा पहिला उमालेर खाने गर्नुहाेस् केरा, केहि दिनमै देखिनेछ यस्तो चमत्कार !

केराको फाइदाको बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला । केरामा पोषक तत्व पाइन्छ । यसको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ । आयुर्वेदमा केराको सेवनलाई ऊर्जावर्धक र बलवर्धकको रूपमा वर्णित गरीएको छ ।

यदि तपाई केरा खानुहुन्न भने पनि यसको सेवन गर्न सुरु गर्नुहोस् । आज हामी तपाईलाई केरा कसरी खाने भनेर बताउन गैरहेका छौ । यो तरीका अरुभन्दा फरक छ । शायद तपाइले यस्तो कहिल्यै पनि गर्नु भएको छैन ।

बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईले केहि दिनमै यसको प्रभाव देख्न थाल्नु हुनेछ । केहि मान्छेहरु तौल बढाउन पनि केराको प्रयोग गर्छन् ।

अब हामी तपाईलाई केराको औषधीय प्रयोगको बारेमा बताउदैछौ। यो प्रयोग धेरै सजिलो र लाभदायक रहने छ । यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईको लागि फाइदाजनक साबित हुनेछ ।

केरामा पाइने क्याल्सियमले तपाईको शरीरमा बल दिनुका साथै हड्डीहरुलाई पनि बलियो बनाउँछ । त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरुलाई बलियो बनाउने एक फल मानिन्छ ।

यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक कप केराको चिया बनाएर पिउनुहोस् । निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईले रातमा राम्रो निन्द्रा पाउनुहुनेछ । साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नु हुनेछ ।

बनाउने विधि

यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस् । यसपछि, पानीमा दालचीनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस् । पुरै उम्लिसकेपछि केरालाई बोक्रा सहित सानो-सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस् ।

१० मिनेटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस् । यसो गर्नाले तपाईको ननिदाउने समस्यामा राहत पुग्नेछ । तपाईको निन्द्रा राती पनि खुल्छ भने यो तपाईको लागि फाईदाजनक हुनेछ । सायद तपाईलाई थाहा छैन कि यसको बोक्रापनि धेरै गुणकारी हुन्छन् । केराको बोक्रामा पोटाशियम र म्याग्नेसियम पाइन्छ। यी दुवै नर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्छ।

स्पोर्ट्स ड्रिङ्कभन्दा केरा खानु राम्रो, के पाइन्छ केरामा ?

खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए । केरा बिक्रेता कम्पनी डोल फुड्सको सहयोगमा भएको अनुसन्धानले यो तथ्य पत्ता लागेको हो ।

प्रमुख अनुसन्धानकर्ता डेभिड निम्यानका अनुसार स्पोटर््स ड्रिङ्कको विकल्प खोज्नेहरुका लागि केरा उपयोगी छ । तर, शारीरिक अभ्यासका दौरान कति केरा खाने भन्नेबारे वैज्ञानिकहरुले त्यति स्पष्ट पारेका छैनन् । शारीरिक अभ्यासका क्रममा केरालगायतका फलफूलले पार्ने असरबारे भने उनीहरु अध्ययन गर्ने योजनामा छन् ।

के पाइन्छ केरामा ?

केरामा भिटामिन र खनिज प्रचूर मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलभन्दा उत्कृष्ट फल मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि प्रचुर रुपमा पाइन्छ । यो फाइबर र प्रोटिनको असल स्रोत पनि हो ।

केरालाई विभिन्न स्वास्थ्य समस्यामा लाभदायी मानिन्छ । केरामा चिल्लो पदार्थ नहुने भएकाले तौल घटाउँछ । हड्डी मजबुत पार्छ ।

यस्तै, यसले पायल्सको समस्या हटाउँछ भने फाइबरको मात्रा प्रचुर हुने भएकाले कब्जियत हटाउँछ र दिसा सजिलै गराउँछ । यसले आन्तरिक पाचन प्रणालीमा पनि सुधार गर्छ र ‘कोलोरेक्टल क्यान्सर’ हुन दिँदैंन ।

लामो समयदेखि केरा ‘एन्टासिड’ खाद्य पदार्थका रुपमा प्रयोग हुँदै आएको छ । यसमा पाइने तत्वले पेटका कोषिकाको क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।

साथै, केरालाई दृष्टि शक्तिका लागि पनि फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले मुटुरोगी फाइदा गर्छ । यस्तै, उच्च रक्तचाप घटाउन मद्दत गर्छ । केरामा उच्च आइरन हुने भएकाले यसको सेवनले रक्तअल्पता हुन दिँदैन ।

कतिकाे फाईदाजनक छन् त बहिर बाेक्रामा कालो दाग भएको केरा स्वास्थ्यका लागि ?

केरा सेवन गरिरहेकाे हुनुहुन्छ ? बजारबाट केरा किनेर ल्याँउदा होस् वा घरमा पाकेको केरा खाँदा होस् सबैले पहेँलो र राम्रो केरा नै रोज्ने गर्छन् ।

धेरैलाई लाग्न सक्छ हलुका कालो दाग लागेको केरा विग्रेको हुन सक्छ सोही कारण पहेँलो केरा नै हरेकको रोजाईमा पर्ने गर्छ । तर, हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ की कालो दाग लागेको केरा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भनेर ।

जब केरा धेरै पाक्छ तब यसका फाइदा कयौं गुणा बढेर जान्छ । केरामा लाग्ने कालो दाग पनि कुहिएर वा विग्रिएर नभई पाक्दै जाँदा देखिने दाग हो । यस्तो कालो दाग देखिएको केरा सेवन गर्दा क्यान्सर रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने एक अध्ययनले देखाएको छ ।

यसले शरीरमा ‘एन्टिअक्सीडेन्टन’ को मात्रा तथा सेतो रक्त कोषको क्षमतामा वृद्धि गर्ने अध्ययनले देखाएको छ । त्यस कारण पाकेको केरामा कालो दाग बस्यो भन्दैमा फाल्नुको सट्टा तुरुन्तै खाने गरौं ।

कालो दाग लागेको केराले स्वास्थ्यलाइ दिने फाइदाहरु

एसिडिटी घटाउन

यस्तो केरामा ‘एन्टी एसिड’ गुण हुन्छ । जसले टाउकोमा हुने दुखाई तथा एसिडिटीलाई राहत दिन्छ ।

उच्च रक्तचापलाई नियन्त्रण राख्छ

केरामा ‘पोटासियम’ को मात्रा अधिक रहनुको साथै ‘सोडियम’ को मात्रा धेरै कम हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण राख्छ । यसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन ।

क्यान्सरबाट जोगाउँछ

जापानमा भएको एक अध्ययन अनुसार जुन केराको बोक्रामा कालो दाग हुन्छ, त्यसमा ‘टीएनएफ’ नामक तत्वको भरपुर मात्रा रहन्छ । जसलाई ‘टियुमर नेक्रोसिस फ्याक्टर’ भनिन्छ । यसले शरीमा क्यान्सर पैदा गराउने कोषिकासँग लड्न सहयोग पुर्याउँछ ।

पेट सम्बन्धी रोग

यस्तो केरा खानाले पेट पोल्ने समस्या, ग्यास, एसिडिटीबाट बचाउँछ । यसका लागि केरालाई चीनीसँग मिसाएर खादा धेरै फाइदा दिन्छ । ‘म्याग्नेसियम’ को भरपुर मात्रा रहेको हुदा केरा सहजै पचाउँन सकिन्छ । जसले शरीरको ‘मेटाबोलिजम’ दुरुस्त राख्छ ।

एनिमियामा राहत

कालो दाग भएको केराको सेवनले एनेमिया अर्थात् रक्त अल्पत्ताबाट जोगाउँछ । यस्तो केराको सेवनले रगतमा आइरनको मात्रा बढाउँछ । जसले ‘हेमोग्लोबिन’ मा फाइदा पुग्छ । साथै शरीरमा शक्ति प्रदान गर्छ ।

अल्सरबाट छुट्कारा

जव पेटको अल्सर हुन्छ तव धेरै खाने कुरा बार्नु पर्ने हुन्छ । तर कालो धब्बा लागेको केरा निर्धक्क खान सकिन्छ ।

कब्जीयतका लागि फाइदाजनक

कब्जीयत भएको अवस्थामा केरा खाँदा यसले धेरै फाइदा दिन्छ । यसले प्राकृतिक रुपमा पेट सफाइ गर्न सहयोग गर्छ ।

 
 
  
 

You may also like