आश्रमलाई युथको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले अपाङ अाश्रमलाई राहत वितरण गरेको छ । कोरोना भाईरस संक्रमणका कारण जारी लक डाउनको प्रभावका कारण समस्यामा परेका बुटवल उपमहानगरपालिका वडा नं १५ स्थित उजलापुरमा रहेक‍ो लुम्बिनी अपाङ दृष्टिबिहिन अनाथ आश्रमलाई चामल, नुन, तेल, सोयाबिन, आलु, चिउरा, च्याउच्याउ लगायत खाद्यान्न सहित ग्यास बितरण गरेको हो । डिस्ट्रीक ३२५ बि २ का डिष्ट्रिक एडभाईसर पुरुसोत्तम भक्त प्रधानाङ्ग, युथका अध्यक्ष लक्षण कुवर,अाईपिपि हरि क्षेत्री, पिपि कृष्ण नेपाल, सचिव माधव ढकालले शनिबार सहयोग सामग्री हस्तान्तरण गरेका हुन । करीब ३० हजार बराबर राहत वितरण गरिएक‍ो युथका सचिव माधव ढकालले बताए । लक डाउनअघि अाश्रममा ३२ जना अपाङता भएकाहरुले अाश्रय लिएपनि अहिले खानाको जोहो गर्न कठिन भएपछि केही नजिकका अाफन्तको घरमा गएका छन । करीब १५ जना रहेको अाश्रममा अहिले छाक जुटाउन समस्या देखिएको छ ।

 
 
  
 

You may also like