एभरेष्टमा तीजगीत प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट मा.वि.ले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

जसअन्र्तगत ४ देखि ९ सम्म भएको प्रतियोगितामा एल्लो हाउस प्रथम, रेड हाउस द्वितीय, ग्रिन हाउस तृतीय रब्लु हाउसले प्रोत्साहन स्थान प्राप्त गरेका छन् । त्यसैगरी कक्षा ११ र १२ को विज्ञान संकायतर्फ मनास्लु हाउस प्रथम, अन्नपूर्ण हाउस द्वितीय, व्यवस्थापन संकायतर्फ मनास्लु हाउस तृतीय र विज्ञान संकायतर्फको धौलागिरी हाउसले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।

विद्यालयका सह प्राचार्य भीमसेन गौतमको सभाध्यक्षता, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता, वरिष्ठ सह प्राचार्य माधव प्रसाद आचार्यको विशिष्ट आतिथ्यता तथा तहगत संयोजकहरुको आतिथ्यतामा भएको कार्यक्रममा विजयी समुहलाई प्राचार्य न्यौपानेले पुरस्कृत गरेेेकाा थिए । प्राचार्य न्यौपानेले सबैलाई तीजको शुभकामना दिदै विद्यालयले आयोजना गर्ने सबै कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता हुनेमा विश्वास व्यक्त गरे ।

नृत्य शिक्षिका रेनुका थापा र सेजल थापा निर्णायाकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका ज्ञानधरा पन्थले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ सह प्राचार्य माधव प्रसाद आचार्यले गरेका थिए । कार्यक्रममा ठाकुर ज्ञवाली, माला पाण्डे, शालिकराम भण्डारी, कृष्ण चौहान, उमेश रेग्मी, सचित थापा क्षेत्री, लगायतले बोलेका थिए ।

 
 
  
 

You may also like