वीरगञ्जमा कोरोना संक्रमित २ जनाको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ पुग्यो

काठमाडौं ।कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा मृतक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।डा सिंहका अनुसार कोरोना पुष्टि हुने मृतक पाँच वर्षे बालक र अन्दाजी ३० देखि ३५ वर्षका पुरुष छन् ।

वीरगञ्जका बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । वीरगन्जको एक निजी अस्पतालमा उपचार गर्न आएका उनको कोरोना आशंका गरी स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको डा सिंहले बताए ।

त्यस्तै अर्का एक बेवारिसे अवस्थामा शव फेला परेका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ । अन्दाजी ३० देखि ३५ वर्ष उमेरको पुरुष वीरगञ्ज घण्टाघर परिसरमा मृत फेला परेका थिए । उनमा पनि कोरोनाको आशंकामा स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको डा सिंहले बताए ।

यी दुवै मृतकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन । यसअघि नेपालमा १६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । वीरगञ्जमा २ जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

 
 
  
 

You may also like