जनअपेक्षा अनुसार संशोधन नभए संविधानकै रक्षा हुँदैन – नेता महतो

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले जनताको मागअनुसार संविधान संसोधन हुन नसके संविधानकै रक्षा हुन नसक्ने बताएका छन् ।
आफुहरुको मागअनुसार सरकारले संसोधन प्रस्ताव सरकारले नल्याएपछि जसपाले गैरसरकारी विधेयक दर्ता गरेको सांसद महतोले बताए ।

उनले संविधानप्रति असन्तुष्टि रहेको भएपनि राष्ट्रियता र नेपालको भूमिको सवालमा सबै असन्तुष्टिलाई थाति राखेर समर्थन गर्ने जानकारी सांसद महतोले दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको नाम लिएर सांसद महतोले भने,‘पार्टी ठुलो भयो, दिल ठुलो बनाउनुस । सबैलाई समेटेर सबको नेता बन्नुस ।’

उनले भने, ‘देशबेचुवा को हो नेपाली जनताले खोजिरहेको छ । कालापानी नेपालको नक्सामा थियो । कुन देशवेचुवाले देश बेच्यो । स्वतपत्र खै जारी गरेको ? टुँडिखेलमा खै देशद्रोहीलाई झुण्ड्याएको । महाकाली सन्धिमा समेत त्यो नदीको स्रोत उल्लेख छ । त्यो सन्धि कसले पारित गरायो । पार्टी पनि फोरेर पारित गराइयो । महाकाली सम्झौता गर्दा त्यो नदीको उद्गमस्थल कहाँ लुकाइयो ?’

 
 
  
 

You may also like