मुसिकोट १ जेठ १६ सम्मका लागि सिल,भारतमा अलपत्र मुसिकोटबासीको उद्वार कार्य चल्दै

हरि पाठक
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ लाई शुक्रवार देखि १ हप्ताका लागि पूर्णरूपमा शिल गरिने भएको छ । वडाकार्यालयको विहिवार भएको सम्पन्न बैठकले शुक्रवार अर्थात् जेठ ९ देखि १६ गतेसम्मका लागि वडालाई सिल गरी बन्दाबन्दी अर्थात् लकडानको थप कडाई गर्ने निर्णय भएको महिला वडासदस्य तथा कार्यवहाक वडाध्यक्ष गंगा श्रेष्ठले जानकारी दिनुभएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण छिमेकी पालिका तथा जिल्लाहरुमा पनि देखिएर थप जोखिम बढ्न सक्ने जनाउँदै वडाबासी नागरिकबाट बेवास्था बढ्न थालेको भन्दै कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन वडाको विहिबार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले अन्य पालिकाहरु, जिल्लाहरू, भारत लगायत तेश्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय समेत गरेको छ । जसका लागि वडामा रहेका सरस्वती माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयमा क्वारेन्टाईन निर्माण गरिने बताईएको छ ।

एक हप्ताका लागि वडा भित्र आवतजावतमा पुर्णरूपमा बन्द गरिने छ साथै सोही बैठकले वडामा भित्रिएकाहरु र क्वारेन्टाईनमा बस्ने र बसेकाहरूका लागि तथा वडामा विभिन्न नाकाहरूबाट र अन्यत्र क्षेत्रबाट प्रवेश गर्न सक्ने व्यक्तिहरुको उच्च निगरानी वडाभित्रका बिद्यालय शिक्षक, आमासमुह, क्लव, स्वयं सेविकाहरुको सहयोगमा स्वास्थ्य परिक्षण गर्ने र आवतजाबतमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको वडा कार्यालयले जानकारी गराएको छ । यो अबधीभर आउजाउ गर्ने र वडाको निर्णयलाई बेवास्ता गरेमा संक्रमण रोग एेन बमोजिम कार्वाही गरिने सूचनामा उल्लेख गरिएको छ।यस्तै वाह्यक्षेत्रबाट वडामा प्रवेश गर्ने जो कोहीले पनि सम्बन्धित वडापालिका,प्रहरी कार्यालय वा बिपद ब्यबस्थापन समितमा पूर्व जाकारी गराएर मात्र प्रवेश गर्ने अन्यथा बिनासूचना लुकीछिपी वडा तथा घरमा आएमा वा सूचनाप्रति बेखबर भएमा त्यस्ता ब्यक्ती तथा परिबारलाई वडा तथा नगरपालिकाबाट उपलब्ध हुने सेवासुबिधाबाट बञ्चित गराईने निर्णय भएको वडाअध्यक्ष पूर्ण बहादुर हितान मगरले जानकारी दिनुभयो।यस्तै वडामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेहरूका लागि खाने बस्ने ब्यबस्थापन वडा तथा नगरपालिकाले गर्ने र अन्य आबश्यक सामाग्रीको व्यबस्थापन आमासमूह क्लव र बिपद समितिले गर्ने, खाना बनाउने कर्मचारीलाई दिनको पाँचसय रकम दिने गरि ब्यबस्थापन गर्ने निर्णय भएको हितानले बताउनुभयो।त्यस्तै वडा भित्र मदिराको बेचविखन गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउन वा यस्को नियन्त्रणमा वडापालिका,प्रहरी प्रशासन,शिक्षक,क्लव,आमासमूह सम्पूर्णले सहकार्य गर्ने,भू।पू। सनिकद्वारा प्रयायोजित पौँदी अमराई स्वास्थ्य चौकीको एम्वुलेनसलाई वडा भित्रका बिरामीलाई मुख्य प्राथमिकता राखेर सेवा दिने र अन्यत्र क्षेत्रका नागरिकलाई सेवा दिनुपरेमा बिपद ब्यबस्थापन समितिको अनुमति लिएर मात्र सेवामा प्रयोग गर्ने निर्णय समेत भएको जनाईएको छ।

त्यस्तै मुसिकोट नगरपालिकामा यसरी भित्रने ब्यक्तिहरूका लागि १६ वेडको आइसोलेसन, नगरभित्रका प्रत्येक ९ वटा वडामा २० को संख्यामा १० वटा क्वारेन्टाइन गरि २०० वेडको क्वारेन्टाईन निर्माण गरिने भएको छ।जसमा संक्रमित नभएका जिल्लाबाट आएका ब्यक्तिहरू सेल्फ क्वारेन्टाइन,संक्रमित भएका जिल्लाहरूमा गएर ती जिल्लाबाट आएका ब्यक्तिहरू प्रत्येक वडाका क्वारेन्टाइनमा र भारत तथा तेस्रो मूलुकबाट आएका ब्यक्ति भने नगरपालिकाको क्वारेन्टाइनमा अनिवार्य न्युनतम मापदण्डअनुसार बस्नुपर्ने नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो।उहाले भन्नुभयो ञवडा भित्रका सामुदायिक विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइनमा बसेका ब्यक्तीमा केही समस्या देखा परेमा नगरपालिकामा तत्काल ल्याउन ५ वटा एम्वुलेन्स तयारी अबस्थामा राखिएको छझ,।

भारतमा अलपत्र मुसिकोटका नागरिकहरू टोलीरटोली बनि सामूहिकरूपमा सुरक्षित तबरबाट आउनुपर्नेछ,नेपाल भारत सिमा नाकाबाट उद्वार कार्य भने रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्ने जनाइएको छ।भारतबाट आएका ती ब्यक्तिहरूले रूपन्देहीमा निर्माण गरिएको क्वारेन्टाइनमा राख्ने र त्यस अबधीभर ब्यक्तिहरूलाई खाने बस्ने ब्यबस्था तिलोत्तमा नगरपालिकाले गर्ने गरि समन्वय भएको नगरप्रमुख सापकोटाले बताउनुभयो।उहाका अनुसार तिलोत्तमा नगरपालिकाले नाकाबाट उद्वार गरि तिलोत्तमाको क्वारेन्टाइनमा ल्याउने र मुसिकोटले सोही ठाउँबाट आफ्नै सवारी साधन प्रयोग गरी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने गरि सुरक्षित उद्वार गरि ब्यबस्थापनमा जुट्ने बताउनुभयो।त्यस्तै घर आउन चाहने तर भाडासमेत नभएर समस्यामा परी अलपत्र परेका ती नागरिकलाई पनि निस्शुल्क उद्वारको कार्य गरिनेछ त्यस्को लागि सम्बन्धित सामाजिक संस्था वा नगरपालिकामा जानकारी गराउनुु पर्ने नगर प्रमुख सापकोटाले जानकारी दिनुभयो।नेपाल मात्र होईन बिश्वभर सन्त्रास र महामारी फैलिएको छ,यस्लाई रोकथाम गर्ने प्रयास पनि भएकै छ भन्दै समस्या परेको खण्डमा स्थानीय सरकारले पनि बुझेर लागि परिरहेको छ अलपत्र नागरिकलाई नआउनुहोस भन्ने वातावरण छदै छैन त्यसकारण समस्या परेको छ, आउनुहोस सकभर सुरक्षित तबरबाट नगरपालिकाले क्वारेन्टाइनमा राख्नेगरी ब्यबस्थापन गरेको छस्उहाले अलपत्र मुसिकोट भित्रका नागरिकको उद्वारको कार्य चलिरहेको उल्लेख गर्दै भन्नुभयो।
यस्तो छ वडाको सूचना:

 
 
  
 

You may also like