विश्वभर एकैदिन १ लाख बढी संक्रमित, ४ हजार ८ सयकाे मृत्यु

काठमाडाैं । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख ३४ हजार ५९७ पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ५२ लाखनजिक पुगेकाे छ । अहिलेसम्म ५१ लाख ९३ हजार ७६० पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये २० लाख ८० हजार ९१३ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ६ गुणा बढी हाे ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर १ लाख ३ हजार बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् भने ४ हजार ८ सय ५३ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । बिहीबार बिहानसम्म विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ५० लाख ९० हजार ६१ थियाे भने मृत्यु हुनेकाे संख्या ३ लाख २९ हजार ७३२ थियाे ।

कुन देशकाे अवस्था कस्ताे ?

अमेरिका

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ९६ हजार ३५४ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १६ लाख २० हजार ९०२ पुगेकाे छ ।

संक्रमितमध्ये ३ लाख ८२ हजार १६९ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख ४२ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार ९०२ अवस्था गम्भीर रहेको छ ।

रूस

पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । अहिलेसम्म रूसमा ३ लाख १७ हजार ५५४ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने ३ हजार ९९ पुगेकाे छ ।

कुल संक्रमितमध्ये ९२ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ २ लाख २१ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २२ सयकाे अवस्था गम्भीर रहेकाे छ । अहिले रूसमा हरेक दिन १० हजार बढी नयाँ काेराेना संकेमित थपिने गरेकाे छ ।

ब्राजिल

ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ३ लाख १० हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या २०हजार ८२ पुगेकाे छ ।

बिहीबार मात्रै त्यहाँ १७ हजार बढी नयाँ काेराेना संक्रमित थपिएका छन् भने ११ सय बढीकाे मृत्यु भएकाे छ ।

संक्रमितमध्ये १ लाख २५ हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ६४ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

स्पेन

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ८० हजार ११७ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २७ हजार ९४० जनाले ज्यान गुमाएका छन् ।

कुल संक्रमितमध्ये १ लाख ९६ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ५५ हजारमा कोरोना सक्रिय रहेको छ ।

बेलायत

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३६ हजार ४२ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ५० हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ ।

इटाली

काराेनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३२ हजार ४८६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २८ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये १ लाख ३४ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ६० हजारमा काेराेना सक्रिय रहेकाे छ भने ६४० सयकाे अवस्था गम्भीर रहेकाे छ ।

फ्रान्स

कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ८१ हजार ८२६ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २८ हजार २१५ पुगेको छ ।

संक्रिमतमध्ये ६३ हजार ८५८ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९० हजारमा काेरोना संक्रिय रहेको छ । तीमध्ये १ हजार ७४५ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।

जर्मनी

जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७९ हजार पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ८ हजार ३०९ पुगेको छ । अहिले त्यहाँ १२ हजारमा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ५८ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।

टर्की

टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ५३ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ४ हजार २४९ काे मृत्यु भएकाे छ । संक्रमितमध्ये १ लाख १४ हजार ९९० भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३४ हजारमा काेराेना सक्रिय रहेकाे छ ।

इरान

इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ७ हजार २४९ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख २९ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख निकाे भएका छन् । अहिले त्यहाँ २१ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।

भारत

छिमेकी मुलुक भारतमा पनि काेराेनाकाे उद्गम स्थल चीनमा भन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म भारतमा १ लाख १८ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण ३ हजार ५८४ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ४८ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले ६६ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

पेरू

पेरूमा पनि काेराेना संक्रमितकाे संख्या १ लाख ८ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ काेराेनाका कारण ३ हजार १४८ जनाकाे मृत्यु भएकाे छ । कुल संक्रमितमध्ये ४३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ६२ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ ।

चीन

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ८२ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार २५५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९७१ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।

 
 
  
 

You may also like