ब्राजिल बन्यो कोरोनाको नयाँ इपिसेन्टर : ३ लाखभन्दा बढी संक्रमित, २० हजारको मृत्यु

काठमाडौँ । ब्राजिलमा कोरोना भाइरस तिब्रगतिमा फैलिरहेको छ । पछिल्लो समयमा कोरोनाको इपिसेन्टर बन्दै गरेको ब्राजिलमा पछिल्लो २४ घण्टामा ११ सय ८८ जनाको मृत्यु भएको छ भने १८ हजार ५०८ जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या ३ लाख नाघेको छ । अहिलेसम्म संक्रमितको संख्या ३ लाख १० हजार ८७ जना संक्रमित भएका छन् । ब्राजिल धेरै संक्रमित हुने देशको सुचिमा अमेरिका र रसियापछि तेस्रो देश बनेको छ ।

त्यसै गरि मृत्यु हुनेको संख्या पनि २० हजार नाघेको छ । अहिलेसम्म २० हजार ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै ब्राजिल धरै मृत्यु हुने देशको सुचिमा छैठौ स्थानमा रहेको छ ।

ब्राजिलले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मलेरियाको उपचारमा प्रयोग हुने क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग कोरोनाका संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको शुरुवाती दिनमा कोरोनालाई सामान्य फ्लू भनेर हेलचेक्र्याई गरेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोको अहिले ब्राजिलमा कडा आलोचना भइरहेको छ । उनीसँग कोरोनाको महामारीलाई ह्यान्डल गर्ने विषयमा मतभेद भएपछि एक महिनाको अवधिमा दुई स्वास्थ्यमन्त्रीले समेत राजीनामा दिइसकेका छन् ।

 
 
  
 

You may also like