अमेरिकामा कोरोना भाइरसबाट ९६ हजारको मृत्यु , १६ लाख बढी संक्रमित

काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या तुलनात्मक रुपमा कमि आएको देखिएपनि पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २८२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ९६ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ९६ हजार २४२ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा २७ हजार ९ सय जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या १६ लाख १९ हजार ४७५ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ३ लाख ८१ हजार ८६९ जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १७ हजार ८८१ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । न्युयोर्कमा २८ हजार ८७१ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ३ लाख ६६ हजार २९६ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १० हजार ८५२ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ५३ हजार ४४१ जना संक्रमित भएका छन् ।

त्यस्तै मसाचुसेट्समा ६ हजार १४८ जनाको ज्यान गएको छ ।त्यस्तै मिचिगनमा ५ हजार १२९, पेन्सिलभेनियामा ४ हजार ९१७, इलिनियोइसमा ४ हजार ६०७, कोनेक्टीकटमा ३ हजार ५८२, क्यालिफोर्नियामा ३ हजार ६१६, लुसियानामा २ हजार ६२९ जना, फ्लोरिडामा २ हजार १४५, मेरिल्याण्डमा २ हजार १५९, इन्डियानामा एक हजार ९१३, जर्जियामा एक हजार ७५४, ओहियो एक हजार ८४० र टेक्सासमा एक हजार ४८१ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like