सैनामैना सुनाैलो बुद्ध युवा क्लवको तिजगित प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

सैनामैना । सैनामैना पाचमा रहेको सुनाैलो बुद्ध युवा क्लबले बृहत् तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । क्लबले सैनामैनामा नगर त्रेत्र भित्र रहेका धार्मिक संस्कृत प्राकृतिक सम्पदा हरुलाइ पर्यटन सग तिज गित मार्फत जोडनका निम्ति सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बिद्यालय र आमा समूह गरि १० टिमको सहभागिता रहेको थियो । कार्यक्रम निकै प्रतिस्प्रधात्मक भएको थियो । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय लोक तथा दोहोरी गायक गायिकाहरुले दर्शकहरुलाइ छमछमि नचाइ मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा सिद्धार्थ मेमोरियल बोर्डिङ स्कुल रु पन्ध्र हजार र प्रमाण पत्र सहित प्रथम , सहिद नारायण पोखरेल रामापुर क्याम्पस दोस्रो हुँदै रु १० हजार र प्रमाण पत्र प्राप्त गर्यो भने तेस्रो रुपन्देही मोर्डन स्कुलले नगद रु पाच हजार र प्रमाण पत्र प्राप्त गर्यो भने सानतोना हिमाल इङ्लिस बोर्डिङ स्कुलले नगद दुई हजार प्राप्त गरेको थियो ।

कार्यक्रम उदघाटन समरोह भने निकै फरक थियो । कार्यक्रमको प्रमुख अथिति तथा सैनामैना नगर उप प्रमुख बिना रानाले गायक दिपक गरम्जाको गितमा नाचेर उदघाटन गर्नु भएको थियो । कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्न र महान पर्व हरितालिका तिजको परम्परालाई निरन्तरता दिन आग्रह गर्दै ने क पा सैनामैना अध्यक्ष चेतनारायण न्याैपानेले र तिजलाइ भडकिलो नबनाउन र स्वच्छ रुपमा मनाउन नेपाली काङ्ग्रेस सैनामैना नगर सभापति राम प्रसाद अधिकारीले तिजको शुभकामना दिनुभएको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता , नगर उप प्रमुख बिना रानाको प्रमुख आतिथ्यता , वडा अध्यक्ष्य परसुराम सापकोटाको र राज चाैधरीको बिशिस्ट आतिथ्यता तथा बिभिन्न सघ संस्थाका प्रतिनिधिहरुको कलाकार दिपक गरम्जा , सिलु भट्टराइ , रामप्रसाद पाैडेल , पुरुषोतम पाैडेल , रेनुका भट्टराइ ,सुमि धर्ति आदिको उपस्थिति रहेको थियो । कार्यक्रममा संयोजकत्व रिता खत्रिको थियो भने कार्यक्रमको सन्चालन सन्चारकर्मि अम्बिका परियारले गर्नु भएको थियो ।

 
 
  
 

You may also like