संसदमा डा.बाबुराम भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शुक्रबार संसदको बजेट अधिवेशनको शुभारम्भ सत्रलाई सम्बोधन गर्दै सांसद भट्टराईले लोकतन्त्र र प्रधानमन्त्री ओलीले आफ्नै छविलाई बचाउन राजीनामा दिन उपयुक्त हुने बताए ।

भट्टराईले प्रधानमन्त्री ओली अनावश्यक गतिविधिमा संलग्न हुँदा आफै आफैंमाथि अन्याय भएको बताए । डा. भट्टराईले भने, ‘कुर्सीमा बसेर सत्ताको प्रयोग गरेर महान् भइँदैन, नैतिक आचारण ठूलो हुन्छ । प्रधानमन्त्रीलाई मेरो आग्रह छ, तपाईं जुन उचाइमा पुग्नु भएको छ त्यही रहनुहोस्, तपार्यले अनावश्यक ढंगले यस्ता गतिविधमा संलग्न हुँदा तपार्यं आफैमाथि पनि अन्याय भएको छ, रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ, लोकतन्त्र र तपाईंको छविलाई बचाउन पनि तपाईंले राजीनामा दिन उपयुक्त हुन्छ।’

उनले कुसीमा बस्दैमा ठुलो नहुने बताए । भने, ‘राजनीतिमा नैतिकता भन्ने कुरा ठूलो हुन्छ, सम्मानीय प्रधानमन्त्रीलेृ जुन उचाइ प्राप्त गर्नुभएको छ, उहाँसग मेरो विनम्र आग्ह छ हामीले सत्तामा कति समय बस्यौँ भन्ने आधारमा मान्छेले मूल्यांकन गर्दैन । कुसीमा बस्दैमा, पद ठूलो होइन्, मान्छेले के सत्कर्म गर्यो भन्ने कुरा प्रमुख हो। माहात्म गान्धी, जयप्रकाश नारायाण, गौतमबुद्ध कहिल्यै कुसीमा बसेनन्, उनीहरुलाई सम्झन्छन् मान्छेले।’

उनले लकडाउनका कारण संसद बन्द भएपनि सांसदहरुले तलब भत्ता लिने तर श्रमिकहरुले उद्योगधन्दा बन्द हुँदा तलब नपाउने अवस्था आउनु लाजमर्दो भएको बताए । भने, ‘हामीलाई लाज लाग्‍नुपर्दैन ? लकडाउनको बेलामा संसद बन्द गरेर बस्यौं । तपाईं हामीले पुरै तलब भत्ता खाने तर श्रमिकले चाहीँ नपाउने ?’

कोरोनाका कारण अबको अर्थतन्त्र विश्वव्यापीरुपमै प्रभावित हुने देखिएको भन्दै उनले अहिले दोस्रो विश्वयुद्धपछिकै ठूलो मन्दी हुने अवस्था देखिउको बताए । नेपालमा कोरोनाका कारण २ देखि ५ खर्ब नोक्सान हुने अस्थामा कसरी तयारी गर्ने, खाद्य अभावबाट जोगिन कृषिको पुनर्जागरण र देशमा रहेका बेरोजगार युवालाई रोजगारी दिने विषयमा गम्भीर छलफल हुनुपर्ने पनि उनको भनाई थियो ।

उनले करिब ६४ लाख विद्यार्थीहरु लकडाउनमा रहेको भन्दै लामो समय लकडाउनमा बस्‍नुपर्दा समस्यामा रहेको बताए । उनले लकडाउन खुलेको भोलिपल्टै एसईई परिक्षा हुने भनेर शिक्षामन्त्रीले त्रसित बनाइरहेको भन्दै एसईईको परिक्षा लिन आवश्यक नभएको सुझाव पनि दिए ।

 
 
  
 

You may also like