हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने, यस्तो हुनेछ आगामी तीन दिन

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण तीन दिन देशभरको मौसममा बदली आउने मौसमविदले जनाएका छन् । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सोमबार रातिदेखि नै मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सचेत रहन आग्रह गरेको छ ।

प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली अलि धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

यस्तो रहने छ आउँदा तीन दिन
वैशाख ९ गते (मंगलबार)

दिउँसो–देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनर चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति –देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जनर चट्याङर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख १० गते (बुधबार)
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रहने छ । अपरान्हपश्चात् पहाडी भू–भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

राति –देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख ११ गते (बिहीबार)
दिउँसो –देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू–भागका थेरै केही स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति – देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू–भागका थेरै केही स्थानहरुमा मेघगर्जन र चट्याङ र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
स्रोत : मौसम पूर्वानुमान महाशाखा

 

 
 
  
 

You may also like