नवलपरासीको दाउन्नेमा एकतर्फी सडक सञ्चालन

by समतल अनलाइन

नवलपरासी । सोमबार नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्ग आज (मंगलबार) बिहानबाट एकतर्फी रूपमा सुचारु भएको छ । आज बिहानबाट डाइभर्सन निर्माणसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो ।

बर्दघाट नगरपालिका–४ खुर्सानीखोला नजिकै हिजो सडक भासिँदा पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको थियो । हिजो राति ११ बजे बाट डाइभर्सन निर्माणको काम सुरु गरिएको थियो । यससँगै अलपत्र परेका साना सवारीसाधनका साथै यात्रुबाहाक बस गन्तव्यतर्फ लागेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताएकी छन् । सडक दुईतर्फ खुल्न केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।

 
 
  
 

You may also like