रास्ट्रपति द्वारा सरकारले पारित गरेका दुवै अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्ययादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारी सोमबार(आज) सरकारको सिफारिसमा दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरु जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ राष्ट्रपतिले जारी गरेकी हुन् ।

राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने र संवैधानिक निकायको गणपुरक सख्या घटाउने सम्बन्धि अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिकहाँ पठाएको थियो ।

 
 
  
 

You may also like