कपिलवस्तुमा १४ जना मस्जिदबाट पक्राउ, चन्द्रौटामा पाकिस्तानी नागरिक भेटिए

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ स्थित एक मस्जिदबाट १४ जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारको अनिवार्य लक डाउनको घोषणालाई उल्लंघन गरी जबरजस्ती सामूहिक नमाज पढ्न खोज्ने व्यक्तिहरुको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।यसअघि प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक, तथा इस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक वैठक वसी घर घरमै नमाज पढ्न आग्रह गरेका थिए ।

चन्द्रौटामा पाकिस्तानी नागरिक भेटिए

यस्तै कपिलवस्तु कै शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा बस्दै आएका एक पाकिस्तानी नागरिकलाई प्रहरीले क्वारेन्टिनमा राखेको छ । विशेष सूचनाको आधारमा प्रहरीले स्थानीय रहिम मुसलमानको घरमा चेक जाँच गर्दा पाकिस्तानको मिरपुर खास निवासी ३६ वर्षीय शैयद नोमान वसारदलाई फेला परेका हुन् ।

पाकिस्तानी नागरिक वसारदलाई प्रहरीले शिवराज नगरपालिकाले बनाएको क्वारेन्टिनमा राखिएको छ । उनको र्‍यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको र उनको स्वाब परीक्षणको पनि तयारी गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

पाकिस्तानी नागरिक वसारद गत माघ ७ गते ३ महिनाको पर्यटक भिसामा आएको र उनको भिसाको म्याद पनि आइतबार सकिएको छ ।

कपिलवस्तुमा ७ सय २३ जनाको र्‍यापिड टेस्ट

कपिलवस्तुमा अहिलेसम्म ७ सय २३ जनाको र्‍यापिड टेस्ट भएको छ । अहिलेसम्म सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ

 
 
  
 

You may also like