प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेलाई मुसिकोट १ ले निबेदनको लागि सूचना जारी गर्यो

  • हरि पाठक

गुल्मी। के तपाईँ बेरोजगार हुनुहुन्छ। के आफ्नै गाउँठाउँमा कामको खोजीमा हुनुहुन्छ ? के तपाईको परिबारमा कोही पनि रोजगारमा हुनुहुदैन ?  सो हो भने रोजगारीका लागि वडा तथा पालिकामा निवेदन दिनुहोस्। बेरोजगारी नागरिकहरूका लागि स्थानीय तहहरूले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेका छन्। गुल्मीको मुसिकोट १ नं. वडाले पनि आइतवार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम सय दिनको रोजगारीका लागि आउँदो ७ दिन भित्र निवेदन दिन आह्वान गरेको छ । रोजगारीको हक सम्बन्धि एेन २०७५ को दफा ११ ,रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ बमोजिम आर्थिक बर्ष २०७६र७७ मा स्थानीय तहको मातहतमा रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने प्रधानमन्त्री रोजगार कार्यक्रम नगरपालिकाका मार्फत सञ्चालन हुने एक सय दिन बराबरको न्युनतम रोजगारीमा संलग्न भई सर्वजनिक विकास निर्माणको काममा सघाउन सबै बेरोजगार तथा योगदान दिन चाहने ब्यक्तिहरूलाई वडाले एक सूचना जारी गरी आह्वान गरेको हो ।

बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचिमा सुचिकृत हुन सकिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रणनिति अनुसार वडाले सार्वजनिक सूचना जारी गरी बेरोजगार भएका वा गाउँमै रोजगार गरी सामाजिक क्षेत्रमा योगदान दिन चाहनेलाई बैशाख महिनाको ७ दिन भित्र आवेदन दिन आह्वान गरेको छ ।निबेदनको साथमा त्यस्तो ईच्छुक ब्यक्तिहरूले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी,पारिबारिक बिबरण खुलाउनको लागि परिबारका सदस्यहरूको नागरिकता वा जन्मदर्ताको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटोकपिसहित निबेदन पेश गर्दा आबश्यक पर्ने सूचनामा उल्लेख गरेको छ। १८ लाख बिनियोजन बजेट मध्येबाट प्रत्येक वडामा २ लाखका दरले नगरपालिकाले प्रदान गरेको छ।बजेट मध्येबाट १५ जनाको समूहमा अर्थात २ लाख बजेटले समेट्ने गरी रोजगार कार्यक्रम सुरू गर्नेछ भने रोजगार कार्यक्रम कहिले सञ्चालन हुन्छ भन्ने बारे यही १५ गतेसम्म सरकारले जारी गरेको महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण, लकडाउनको अबस्था र अबधी हेरिकन नगरपालिकाको थप निर्णयअनुसार मात्र जानकारी गराइने वडाअध्यक्ष पूर्णबहादुर हितान मगरले जानकारी दिनुभयो।

यो कार्यक्रम सार्वजनिक निर्माणका कार्यक्रमहरुमा श्रममूलक प्रविधिको प्रयोगलाई प्राथमिकता दिई बेरोजगार व्यक्तिहरूलाई रोजगारमा समाहित गर्नको लागि स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी यो कार्यक्रम सञ्चालन गर्न वडा तथा पालिकाहरूले निबेदन दिन आबह्वान गर्ने र निबेदन अनुसार उनीहरूको दक्षता, क्षमता र सीपको आधारमा रोजगारीका लागि फिसारिस गरिनेछ । वडा तथा पालिकाले खटाएको ठाउँमा नजाने बेरोजगार व्यक्तिलाई बेरोजगारको सुचिबाट हटाउनेछ ।प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहहरूले कृषि, पर्यटन, सडक यातायात, उर्जा, वन तथा वातावरणदेखि राष्ट्रिय गौरवका आयोजना, उद्योग लगायतका क्षेत्र पहिचान गरेर काममा खटाउनेछ ।

रोजगारीको हकसम्बन्धी ऐन र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम सरकारले हरेक आर्थिक वर्षमा न्युनतम बेरोजगारहरूलाई रोजगारी दिनेगरी निवेदनको आधारमा बेरोजगारमा सूचिकृत भएका ब्यक्तिहरूलाई न्यूनतम सय दिन बराबरको काम दिन नसकेको खण्डमा निर्वाह भत्ता पाउने योग्य परिवारको पहिचान गरी त्यस्ता बेरोजगार नागरिकलाई निर्वाह भत्ता दिने गरेको थियो। वडा अध्यक्ष हितानका अनुुुुसार यस बर्ष भने निर्वाह भत्ता नदिने गरि नगरपालिकाबाट प्रदान हुुुने २ लाख रकम बराबरको बजेटले पुग्ने गरी १५ जनालाई रोजगार दिने गरि कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।बेरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन रोजगारी दिने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने उद्देश्यसहित सरकारले २०७५ फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको थियो । मुसिकोट १ नं. वडाबाट प्रकासित सूचना पढ्नुहोस्:

 
 
  
 

You may also like