न्यु होराइजन आईसिटीक्लबद्वारा जिल्ला स्तरीय श्रव्य – दृश्य आईसीटी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

बुटवल । न्यु होराइजन अंग्रेजी मा.वि को न्यु होराइजन आइ.सी.टी क्लबद्वारा यहि भाद्र ७ गते शनिबारका दिन जिल्ला स्तरीय श्रव्य – दृश्य आइ.सी.टी.हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा रुपन्देही जिल्लाका कक्षा ८ देखि लिएर कक्षा १२ सम्मका विविन्न विद्यालय र कलेजबाट ३४ वटा समुहको सहभागिता रहेको थियो । जसमा कालिका मानवज्ञान मा.वि. प्रथम , तिलोतामा कलेज दितिय र श्री शान्ति नमुना मा. वि ले तृतीय स्थान हासिल गरेको छन् । प्रथम हुने समुहलाई नगद रू. ११,००० र प्रमाण पत्र , दितिय समुहलाई नगद रु ८,००० र प्रमाण पत्र र तृतीय हुने समुहलाई नगद रू ५,००० र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम नेपथ्य कलेजका प्राचार्य सन्जिव ज्ञवालीको प्रमुख आतिथ्य , न्यु होराइजन आइ. सी.टी क्लबका उपाध्यक्ष प्रमोद सापकोटाको अध्यक्षता र स्मारिका न्यौपाने साथै समृद्धि ज्ञवालीको सन्चालनमा सम्पन्न भएको कुरा कार्यक्रम संयोजक आशिष अर्यालले जानकारी दिएका थिए । प्रमुख अतिथि संजिव ज्ञवालीले यस खालको कार्यक्रमले विद्यार्थीलाइ एक आइ.टि. क्षेत्रमा अझ बढी जानकारी दिएको बताएका छन् ।

 
 
  
 

You may also like