भारतमा पनि कोरोना संक्रमण तीब्र बन्दै, ज्यान गुमाउनेको संख्या ५२१ पुग्यो

काठमाडौं। छिमेकी देश भारतमा पनि भारतमा कोरोना संक्रमत तीब्र रुपमा फैलँदै गएको छ । आज (आइतबार) बिहानसम्म भारतमा संक्रमितको संख्या १५ हजार ७३० पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५२१ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा संक्रमितमध्ये ३३ जनाले ज्यान गुमाएका छन् । शनिबार एकै दिन भारतमा एक हजार ३०५ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म साढे २४ सय उपचारपछि ठिक भएका छन् । भारत कोरोना भाइरसको त्रासपछि लकडाउनमा छ । गत मार्च २५ देखि शुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।

 
 
  
 

You may also like