कोरोना कोषमा हिसानद्वारा १ लाख ५१ हजार सहयोग

बुटवल। प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) रुपन्देहीले सहयोग रकम हस्तान्तरण गरेको छ ।सामाजिक उत्तरदायित्व महशुस गर्दै कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन एवं राहत कोषका लागि एक लाख एकाउन्न हजार रुपियाँ सहयोग प्रदान गरेको हिसान रुपन्देहीले जनाएको छ ।

उक्त रकम हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेल,उपाअध्यक्ष दिनेश भुषाल,सचिव पुष्पा घिमिरे,कोषाध्यक्ष तुल्सि सापकोटा र सदस्य बाबुराम बञ्जाडेले संयुक्त रुपमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्र्तगत सो रकम हस्तान्तरण गरेको हिसान रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताउनु भयो ।हामीले हिसानका सदस्यहरुबाट उठेको रहम हस्तान्तरण गर्यौं आगामी दिनमा पनि आफ्ना सदस्य बिद्यालयहरुमा क्वारेन्टाइन लगायत अन्य सहयोगहरु प्रदेश ५ सरकारलाई गर्न सकिने छ अध्यक्ष पौडेलले भन्नु भयो ।

 
 
  
 

You may also like