लकडाउनमा मर्निङ वाक गर्दा सडकमै पुसअप गराइयो

भैरहवा। सरकारले आह्वान गरेको लकडाउनलाई अहिले प्रहरी तथा स्थानीय निकायले कडा रुपमा पालना गरिरहेका छन् । भैरहवामा लकडाउनलाई उल्लंघन गर्दै बिहीबार बिहान समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनामध्ये जेष्ठ नागरिकलाई सम्झाइबुझाइ र युवालाई भने सडकमै पुसअप व्यायाम गराइ कारबाही गरिएको छ ।

उनीहरूलाई कारबाहीसँगै सचेतसमेत गराएको सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताए।

‘सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाइबुझाइ गरेपश्चात अब घरबाट बाहिर ननिस्कने सर्तमा घर पठाइएको हो’, उनले भने, ‘भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा खटिनेछौं।’

 

 
 
  
 

You may also like