बलात्कार आरोपमा एक जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनामा १५ वर्षिया बालिका बलात्कृत भएकी छन् । गत मंगलबार बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका हुन् ।सो क्रियाकलाप हुन साथ परिवारले प्रहरीमा तत्काल उजुरी दिएका थिए ।

करणी गरेको आशंकामा सैनामैना वडा न.१ का ३७ वर्षिया मान बहादुर छहारीलाई बुधबार इलाका प्रहरी कार्यालय रन्यौराले पक्राउ गरेको हो । बालिकालाई ललाई फकाई गरी बलात्कार गरेको पाइको छ । बालिकालाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टाराईले जानकारी दिए ।

 
 
  
 

You may also like