फोन गरेर घर बाहिर बोलाई १४ वर्षीया किशोरीमाथि करणी

सप्तरी। सप्तरीकी एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजगढ गाउँपालिका–२ कमलपुर बस्ने १९ वर्षीय रामजिवन यादव पक्राउ परेका छन् ।

यादवले ती किशोरीलाई ललाई फकाई टेलिफोनमार्फत घरबाट बाहिर बोलाई जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । उनले किशोरीमाथि बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 
 
  
 

You may also like