- सुनिता बेल्वासे
नेपाली समाजमा एउटा उखान चर्चित छ “लगन पछिको पोते के काम” यहि उखानलाई चरितार्थ गर्दै छ सरकारको राहत बितरणले । नेपालि समाजमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित सङ्क्रमण रोक्न सरकारले देशैभर लकडाउनको घोषण गर्यो । टन्न् खेतबारी र पैसा भएकालाई त लकडाउनको खासै आपत भएन् तर दिनदुखि मजदुरहरु भने यसबेला निकै सकटमा परेका छन् । सोहि कारण सरकारले गरिब विपन्नहरुलाई राहत दिने निर्णय त गर्यो तर यहि राहतमा पनि सबैले आ आफना मत बिमत देखाउन थाले कति सरकारको पक्षमा बोले त कति सरकारको बिरोधमा यति बेला यस्ता मात्र कुरा देख्न पाईएन् यता एसईइको तैयारीमा रहेका बिद्यार्थी, दिनरात कार्यलयमा खटिने कर्मचारी तथा गाँउमा केहि चहलपहल बढे पछि सबै खुसिले गद्गद् भए् कोहि सामाजिक सञ्जालको प्रयोग गर्दै आफना व्यागंत्मक अभिब्यक्ती राख्दै भन्छन् नेकपाको सरकारले“बसिबसि खान दिन्छ भन्थे हो रैछ” मानौ यो लकडाउनले नेपालिहरुलाई चिया गफका लागि बिषय नै नखोज्नु पर्ने अबस्था नै सिर्जना गरेको छ। कोहि भन्छन् यसबेलाको राहतले कति गरिबहरुको चुलोमा आगो बोल्यो भन्दै आशको दियो मा तेल थपियो भन्छन् त अर्का थरी एक पटक थपेको तेलले दियो कतिन्जेल पो बल्थ्यो र ? भन्दै कुरा नसकिदै आफनो तर्क राखि हाल्छन् ।तर ढिलै भए पनि हाम्रो घैटोमा घाम चाँहि लागेकै हो ।
लकडाउनका कारण गफ गर्ने बाटो कम त के हुन्थ्यो र ? बिभिन्न संघ सस्था वा समाजसेविले चामलको बोरा बोकेर गाँउगाँउ पुग्न थाले पछि पुन अर्को बिषयमा बहस हुन सुरु भयो ।कोहि भन्छन् एक किलो चामल दिएर दश ओटा फोटो खिच्दै गरिबको थज्जी उठाए भनेर बिरोध गर्न थाले ।त्यति मात्र होईन राहत बितरणका क्रममा समर्थक भन्छन् “विपतका बेला दिएको राहत सुपोमा केलाएर पनि खानुपर्छ” भनेर आफनो कुरा राखि हाल्छन् यता आलोचकले भने “ सरकारको ढुकुटिबाट दिदाँ पनी कुहेको चामल ” दुभाग्य कोहि कोहि ले त चुनावका लागि भोट माग्न आए समेत भने
हेर्ने हो हो यति बेला धेरैको फेसबुकमा यीनै बिषयका स्टाटस बनेका छन् त्यति मात्र होईन कसैले त सामाजिक सञ्जाल मै आफना तर्क बितर्क राख्दै आफनो स्वर माथि उठाउन समेत कसिएका छन् । लकडाउनको समय थप्दै जादा सम्म कतै राहत वितरणको भने कुनै सुरसार जो छैन जसका कारण विपन्न वर्ग , गरिवहरुलाई थप आहत बनाएको छ । कतिपय ठाँउमा बाडिएको राहतमा समेत राजनिति भएर भनेर पनि गुनासो नआएको भने होईन गरिबका लागि छुटाईएको राहत गरिबकै हातमा परोस न कि हुने खानेको । आफना दल आफना मान्छे हेरेर राहतका प्याकेज बितरण नहोस जहा गरिबको पेटमा माण समेत जान नसक्ने अबस्था नआए यस बेला कोहि भोकभोकै निदाउनु पर्ने थिएन ।
कोरोना भईरस नियन्त्रण गर्न सामाजिक दुरी कायम गरी दश किलो चामल दिन आँठ , नौ जनाको भिड देखेर कन्यादान हो कि राहत वितरण भन्दै फोटो पोस्ट्याउनहरु प्नि कम थिएनन्। कुहेको चामल त कतै तौल अपुग भन्दै आलोचना समेत हुन थाल्यो ।केहिले गरिबहरुको पिडा देख्दा सरकारलाई नमज्जले गालि समेत गर्न पछि परेन्न यता स्थानिय तहको जवाफ यहि– “सरकार आफनो प्रकृयामा छ यो काम त प्रदेश र सघिंय सरकारको हो” यसरी आफनो जवाफ फर्काईहाल्नेहरुको कुरामै अन्यौलता भने छलंर्ङ देखियो ।यहा त गरिवका बाढिने राहतमा पनि यति भाग तेरो यति भाग मेरो भन्दै कमिशन पनि हुन थाल्यो भन्दै आफना बिचार पोष्ट गर्नेहरुलाई भने हतारो भएकै देखियो । आखिर लफडा पनि किन नहोस भोलि राहत खरिद गर्दा हिसाव दायाबाँया भयो भने भष्ट्रचारी भनेर नाम आउछ कि भन्ने डर पनि अनुहारमा उतिकै देखिन्थ्यो ।
मजदुर जनताको गुनासो आउन भने कम भएन् हुन पनि पेटमा अन्यको दाना नपरे पछि गुनासो नगरेर के गरुन ? न त गाँउमा छिमेकले पैचो माग्दा दिन्छन् न त पसलेहरुले उधारो पताउछन् राहत पाउनेको पेटमा त जसोतसो माम गयो नपाउने हरु भने राहतकै आशैआशमा हातका औलाँ भाच्दै राहत कुर्नुको बिकल्प भने भएन् । राहत बितरण गरेका स्थानिय तहले लकडाउन खुले पछि यति यति जनालाई राहत दियौ भनेर हिसाव किताव त बुझौलान् तर राहत दिने त के राहत कोषको समेत सुरसार नभएका स्थानिय तह संग के जवाफ होला ? सोचौ त एक पटक त्यहि अपुष्ट जवाफ नै आउला नि होईन र ?
सरकारको घोषणापछि बिपन्नहरुको मनमा उब्जिएको प्रश्न यहि होला बिहाान बेलुका के गरि छाक टार्ने ? यसले त झनै पिडा थुपारेको छ ।कसैले छिमेकबाट बल्लतल्ल अैचौपैचो गरेर छाक टार्दै भन्छन् के गर्नु शरीर रहे पछि काम गरेर मिठो खान पाई हालिन्छ नि भन्ने हरुको पनि सख्या भने कम देखिन जे होस यहा सबैका आ आफन तर्कहरु छन् । राहतका लागि ूगापना गरिएको कोषको सुहि सदुपयोग भएमा यो समयमा सबैको घरमा आगो बोल्ने थियो कसैका छोराछारी , परिवार भोकले छटपटाउनु पर्ने थिएन भवन निर्माण, पूल कल्भट निर्माण र बिजुलीका तार तान्नु मात्र बिकास हो भन्ने तर्क सत्य नभएको यदि बेला सबैले महसुस गरेका छन् विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)कोे छिटै अन्त्य होस । यो क्रसित हुने समय होईन तर सचेनता र सावधानि चाहि पक्कै अपनाउनु पर्छ हामी सबै भिडभडमा नगई खान पान तथा ब्यक्तीगत सरसफाईमा ध्यान दिएर आफु पनि बचौ र अरुलाई पनि बचाउ । लकडाउनको बेला कोहि दिन दुखि गरिबहरु राहत नपाएर भोकभोकै बस्ने अबस्था सिर्जना नहोस । वास्तविक मजदुर , बिपन्न वर्ग तथा दिनदुखिले पाउने राहतमा कुनै प्ररकारको राजनितिक गन्ध नआवोस अब यस बिषयमा सबैको ध्यान जाने कि ?