मुसिकोटमा वामीसेवा समिति जापानको स्वास्थ्यसामाग्री सहयोग,एक उद्योग द्वारा ४० थान पीपीईसेट

हरि पाठक

गुल्मी । वामी सेवा समिती जापानद्वारा गुल्मी मुसिकोट नगरभित्रकाका स्वास्थचौकीका स्वास्थ्यकर्मीहरूका लागि पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) सबै सेट ३० थान,५० पिस सेनिटाईजर( senitizer)सहित २ हजार मास्क हस्तान्तरण गरेको छ ।

वामी सेवा समितिका सम्बद्ध सदस्य उज्जवल खत्री र शारदा विद्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानहरी सापकोटाले संयुक्त रूपमा उक्त पीपीई(PPE) सहित स्वास्थ्यसम्बन्धि सामाग्री विहिवार नगरप्रमुख सोमनाथ सापकोटालाई हस्तान्तरण गर्नुभएको हो ।

३० थान पीपीई , ५० पिस सेनिटाईजर र २ हजार पिस माक्स वितरण गरिएको छ ।९ वडाका १३ स्वास्थ्य संस्थामा २/३ पिपीईसेटका दरले पिपीई र अन्य समाग्री दिइएको छ। सामाजिक क्षेत्रमा क्रियाशिल यस संस्थाले विश्वभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाईरस संक्रमण र सम्भावित व्यक्तिहरुसगं जोखिम मोलेर सेवा प्रवाह गर्नुपर्ने अबस्था अाउदा जटिलता हुने हुँदा त्यस्तो स्थितिमा स्वास्थ्य सामाग्री अपरिहार्य हुने हुदा थप कठिनाइ जटलता नहोस भनेर अाबश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको समितिमा अाबद्ध सदस्य उज्जवल खत्रीले बताउनुभयो ।खत्रीकाअनुसार सामाग्रीले मनोबल उच्च मनाएर काम गर्न स्वास्थ्यकर्मीलाई हौसलास्वरूप संक्रमणबाट त्रसित हुन नपरोस भनेर सहयोग गरिएको हो। यो संकट र कठिन परिस्थितिमा स्वास्थ्यकर्मीहरूको भूमिका अतुलनीय रहेकोले नागरिकको स्वास्थ्य चेकजाँचमा खटिने उहाहरूको लागि सहयोग गरेको बताउनुभयो ।

वामी सेवा समिति जापानको सहयोगमा पठाईएको स्वास्थ्य सामाग्रीहरु नगरपालिकाभित्र रहेका १३ वटा स्वास्थ्य केन्द्रमा नगरपालिकाका स्वास्थ्य सयोंजक ढाल बहादुर जिसी, समाजसेवी चुरामणी सापकोटा,शारदा माबिका प्रअ ज्ञानहरी सापकोटा र उज्ज्वल खत्रीसहितको टोलीले स्वास्थ्य केन्द्रमै पुगेर पीपीईसहित स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।

विश्वलाई नै कोरोना भाइरसको संक्रमणले ठूलो चुनौती थपेको बेला सीमित स्रोत साधनबाट समेत स्वास्थ्यकर्मीहरुलेले संक्रमण नियन्त्रण तथा स्वास्थ्य स्थितिबारे चेकजाँचमा खटिन स्वास्थ्य सम्बन्धि अाबश्यक यी समाग्री हस्तान्तरण गर्नु समितिको यो सहयोग उल्लेखनीय रहेको नगरस्वास्थय संयोजक ढाल बहादुर जिसीले बताउनुभयो।उहाले स्वास्थ्यकर्मीको मनोबल उच्च हुने काम गरिदिएकोमा सहयोगप्रति वामी सेवा समिति जापानलाई धन्यवाद समेत दिनुभयो ।

उक्त पीपीई लगायत स्वास्थ्य सामाग्रीहरु नगरपालिकामा रहेका स्वास्थ्यचौकी र ऐम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरिनेे छ। नगरभित्रका ४ वटा एम्बुलेन्स चालकलाई प्रदान गरिसकिएको छ भने बाँकि नगरपालिकाको स्वास्थ्य शाखामा राखिएको छ।अाबश्यक्ताअनुसार ती सामाग्री एम्बुलेन्स चाकलाई बितरण गरिने जनाइएको छ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा नेपाललाई संक्रमणबाट बचाउन तथा महामारी रोकथामका लागि सिमित स्रोत साधनले कठिन महशुस भईरहेको समयमा समितिको यो राहतको सहयोगले स्वास्थ्यक्षेत्रमा कार्यरत ती स्वास्थ्यकर्मीहरूलाई थप खुशी र हौसला पैदा गरेको छ।

यस अघि पनि उक्त वामी सेवा समिति जापानले वामी लगायत क्षेत्र र विभिन्न ठाउमा बिपद र कठिन परिरहेको अापतकालिन परिस्थितिमा सारथि बन्दै समय समयमा समाजिक क्षेत्रमा काम गर्दै अाइरहेको छ।

यसैबिच भुमेश्वर रेडिमेट उद्योगबाट पनि स्वास्थ्यकर्मीका लागि अाबश्यक स्वास्थ्यसामाग्री सहयोग प्रदान गरिएको छ।वामीटक्सार जन्मिएर काठमाडौंमा अाफ्नो भूमेश्वर रेडिमेट उद्योगका सञ्चालन गरिरहनुभएका समाजसेवी राजन प्रधानद्वारा मुसिकोट नगरपालिकालाई ४० थान पिपीईग्राउन सेट सहयोग गर्नुभएको हो।बिहिवार नै वामी सेवा समितिमा अाबद्ध सापकोटा र खत्रीले नगरपालिका प्रमुख सोमनाथ सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो।उहाले यो सानो सहयोगले केही राहत हुने भएकोले मेरो जन्मठाउँमा यो सहयोग प्रदान गरेको बताउनुभएको छ।

विश्वलाई नै चुनौती दिइरहेको यस नोबेल कोरोना भाइरस अर्थात् कोभिड-१९ संक्रमणको रोकथामका निम्ति खट्नलाई सीमित स्रोत साधन भइरहेको बेला यी समाग्रीको अभावमा समेत स्वास्थ्यकर्मीहरुलेले संक्रमण नियन्त्रणका लागि अहोरात्र उपचारमा खटिएर अतुलनीय सेवा गरेको र एम्बुलेन्स चालकको पनि सहरानिय भूमिका रहेको भन्दै मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले पीपीई हस्तान्तरणले स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताउनुभयो । नगरप्रमुख सापकोटाले उक्त पीपीई सामाग्रीहरु नगरपालिकामा रहेका स्वास्थ्य संस्था र ऐम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरिने बताउदै सहयोग र साथप्रति धन्यवाद दिनुभयो।

 
 
  
 

You may also like