- सुशील सुबेदी
देशका मुख्य सहरहरु बाट धेरै सङख्यामा गाउँ फर्केका छन। नेपालिहरुको माहान पर्व दशै तिहारमा पनि सहरमा नै परिवार वोलाएर चार्ड मान्नेहरु गाउँ फर्केका छन ।अहिलेको बर्तमान सन्दर्भलाई नियाल्दा कयौ युवाहरु गाउँमा छैनन् ।अहिले गाउँमा बसेर पढ्ने निकै कम भेटिने गरेका छन । एसईई सम्म गाउँमा पढेपनि त्यसपछि माध्यमिक एवम् स्नातक तहको पढाइ पढनको निम्ति सहर पस्ने गरेका छन! सबै गाउँ छाडेको देख्दा गाउँमा बसेर पढ्नेहरुलाइ कस्तो अभागि भन्ने लाग्दोरहेछ ।
सबै साथिहरु बजार पसेपछि आफ्नो स्थिति नहुदा नहुदै पनि घरपरिवार संग झगडा गरि ऋण खोजेर पनि कत्ति बिद्यार्थी पढन गएको देखेको छु भने कत्ति पढन मन नलागेर भारततिर पसेका छन ।गाउँमा शिक्षाको स्थर कमजोर भएर होइनकि सम्पन्नसालि देखिनको निम्ति मान्छेहरु सहर पसेका छन जसले गाउँको शिक्षालाइ चुनौति थपिरहेको छ ।
मेरो गाउँको कुरा गर्ने हो भने युवाहरू कोहि पनि गाउँमा छैनन्् ।कोहि खाडिमा,कोहि युरोप तिर त कोही भारत र कोहि सहरबजारमा छन । गाउँमा युवा धमाधम पसेको देख्दा गाउलेहरुलाइ लागिरहेछ दसै आएजस्तै भाको छ किनकि ती युवा तेतिखेर मात्र गाउँ फर्कन्छन जब दशै तिहार आउछ । सबैजना गाउँ फर्कदा गाउँनै उज्यालो भेैरहेको छ । हजुरबुबा भन्नुहुन्छ एकतर्फ त यो रोगले ठिक गरेछ , कमसेकम छोरा नाति संगै केही समय त बिताउन पाएको छु । मलाइ आश्चर्य के कुराम लाग्यो भने मेरो साथिले विदेश गएर टन्न पैसा कमउछु अनि सहरतिर जग्गा किनेर वस्छु गाउँमा बसिदैन भन्दै गएको थियो उनी ज्यान जोगाउन गाउँ फर्क्यो ।सहर बस्ने मात्रै हैन भारतमा मजदुरिका निम्ति गएका कयौ युवाहरु पनि गाउँ फर्के ।
दु:ख लाग्छ गाउँलाई नियाल्दा , जाहा लटरम्म सुन्तला, मौसम , नासपति, लिचि , अम्बा, अङगुर जस्ता फलफुल अनि ती झुल्ने धान , गहुका वाला हुने खेतवारि आज बाजो परेको छ । हेर्दै दरबार जस्ता देखीने घरहरु भत्केका छन। गाउँमा बुडाबुडि बाहेक कोहि छैनन् , यदि विरामि भएर अस्पताल लैजानका निम्ति कोहि भेटिदैनन।
गाउँको त्यो युवा जमात खाडि नपुगेको भए, गाउको युवा शक्ति भारत नपसेको भए लटरम्म फलफूल फल्थे होला , धान , गहुका बाला झुल्थे होला ।दरवार जस्ता घर अझै रङ्गिन हुन्थेहोला ।
यो सबै समस्या आखिर एउटा सिङ्गो देश को हो । यदि राज्यले देशमै रोजगारिका अवसर प्रदान गरेको भए कयौ युवा विदेशमा मजदुरि गर्न पर्दैनथ्यो । गाउका खेतवारि बाजै हुनथेनन होला । हामी जता बसेपनि ,जति धन कमाएपनि , जस्तो महल बनाएपनि आखिर गाउँ भनेको गाउँ ने रहेछ । यहाको हावापानी , यहाको रहनसहन अनि परिवेश छुट्टै छ । जस्तो सुकै पीडा किन नहोस यो प्रकृतिले सबै पीडा भुलाउने गर्दछ । गाउँका मान्छेलाई पाखे भन्नेहरू पनि आपत पर्दा गाउँ नै पस्दा रहेछन । गाउँ भनेको गाउँ नै हो । यहाको बेग्लै विशेषता छ , दु:ख र सुखको चौतारी गाउँ नै हो यस्तै भान भइरहेको छ।
- उनि सामाजिक अभियानता हुन् !