नेविसंघका केन्द्रिय उपसभापति पौडेल आइसोलेसमा

बुटवल।नेपाल विद्यार्थी संघका केन्द्रिय उपसभापति मुक्तिराज पौडेल ४ दिन देखी आइसोलेसमा बसेका छन् । कोरोनाको लक्षण देखिएको एक बिरामीलाई उपचारको क्रममा नजिक भएपछि उनि आइसोलेसनमा बसेका हुन् । ति व्यक्ति तीनहप्ता अघि अस्ट्रेलीया बाट आएका थिए । विदेश वाट आएका २८ वर्षीय एक व्यक्तीमा मिल्दो जुल्दो लक्षण देखीएपछी उपराचका लागी आफैले बुटवल हस्पीटल ल्याएर उपचार गर्ने प्रवन्ध मिलाउदा उनी संग नजीकीएकाले आईसोलेसनमा वस्नु परेको वताए ।

उनले आफ्नै घरको एक कोठालाई चार दिनदेखि आइसोलेसनको रुपमा प्रयोग गरिरहेको बताए । घरपरिवारसँग पनि सम्पर्कमा छैन्, पौडेलले भने, खाने भाडाकुडा छुट्टै प्रयोग गरेको छु, खाएको भाडाहरु आफै माझेर राख्छु ।

शंका लागेकाले आफु सुरक्षित हुन र अरुलाई सुरक्षित गराउनका लागि आइसोलेसनमा बसेको उपसभापति पौडेलले बताए । आईतवार आज ति व्यक्तिको स्वाब परिक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने र परिक्षणपछि आउने रिर्पोटका आधारमा आफु आइसोलेसनको बसाईलाई निर्कौल गर्ने उनको भनाई छ । तर आफ्नो स्वास्थ्यमा भने त्यस्तो केही नदेखिएको पौडेलले जानकारी दिए ।

 
 
  
 

You may also like