यी देशमा छैन अहिलेसम्म कोरोनाको ‘चिन्ता’, संक्रमण नदेखिएको कि परीक्षण नभएको ?

कोरोनाबाट विश्वमा ५९ हजार २०३ को मृत्यु, ११ लाख १७ हजार ८२ संक्रमित

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसले अहिले विश्वमा ठूलो धनजनको क्षति गरिरहेको छ ।

विश्वका २०५ देश र दुई अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिइसकेको कोरोना भाइरस संक्रमणले विश्वका ५९ हजार २०६ जनाको ज्यान लिइसकेको छ भने ११ लाख १७ हजार ८२ मानिस संक्रमित भइसकेका छन् ।

एकै दिन ठूलो संख्यामा मानिसको ज्यान जान थालेपछि अमेरिकालगायत विश्वका शक्ति राष्ट्रहरु नै त्रसित बनिरहेका छन् । विश्वमा आगोझै फैलिएको कोरोना भाइरसले विश्वमा ठूलो धनजनको क्षति पुर्‍याइसकेको छ भने अर्थतन्त्र समेत उठ्नै नसक्ने गरी थला पार्दै लगिरहेको छ ।

विश्वलाई कोरोना भाइरसले आतंकति बनाइरहेका बेला भर्खर उत्तर कोरियाले आफ्नो देशलाई कोरोनामुक्त घोषणा गर्‍यो । उत्तर कोरियाले आफ्नो देश कोरोनामुक्त भएको दावी गरेको छ ।
अहिलेसम्म विश्वका केहि देश कोरोना भाइरसबाट अहिलेसम्म जोगिएका छन् ।

अहिलेसम्म उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनस्तान, यमन, दक्षिण सुडान, साओ टोम एण्ड प्रिन्सिपल्स, कोमोरोस, मलावी, लिसोथो र सोलोमन टापुमा कोरोना भाइरस देखिएको छैन ।
यी देशमा कोरोनाको परीक्षण नै नभएको हो वा संक्रमित नै नभएको भन्ने यकिन छैन ।

तर कोरोना संक्रमण फैलिएका देशको ट्रयाकिङ गरिरहेका विभिन्न संस्थाको सूचीमा यी देश कोरोनामुक्त छन् । चीन, अमेरिका, अस्ट्रेलिया, इटली, स्पेन र भारतसहित विश्वका शक्ति राष्ट्र कोरोनाले आक्रान्त हुँदा यी देशमा कोरोनाको प्रभाव शून्य छ ।

यी हुन हालसम्म कोरोना नदेखिएका देशहरुः
उत्तर कोरिया–उत्तर कोरिया कोरोना संक्रमणको उद्गम थलो चीनसँग सीमा जोडिएको देश हो । चीनसँग सीमा जोडिएको अर्को देश दक्षिण कोरिया कोरोनाले आक्रान्त हुँदा उत्तर कोरिया भने कोरोनामुक्त रहेको त्यहाँको सरकारको दाबी छ । यसको सीमासँग जोडिएका रुस र जापान समेत कोरोना प्रभावित छन् ।

तुर्केमेनिस्तान –तुर्कमेनिस्तान मध्य एसियामा रहेको देश हो । सन् १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्यको रूपमा सोभियत सङ्घको एक घटक गणतन्त्र थियो । यसको दक्षिण पूर्वमा अफगानिस्तान, दक्षिण पश्चिममा इरान, उत्तर पूर्वमा उज्बेकिस्तान, उत्तर पश्चिममा कजाकिस्तान र पश्चिममा केस्पियन सागर पर्छ ।

दक्षिणी सुडान – पूर्वी अफ्रिकी देश दक्षिणी सुडान भूपरिवेष्ठित देश हो । यस देशको पूर्वमा इथियोपिया, पश्चिममा मध्य अफ्रिकी गणराज्य, उत्तरमा सुडान तथा दक्षिणमा केन्या, युगान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गो छन् ।

साओ टोम एण्ड प्रिन्सिपल्स– साओ टोम एण्ड प्रिन्सिपल्स अटलान्टाको भूमध्य रेखा र गिनीको खाडीसँग जोडिएको देश हो । यो टापु अफ्रिकाको दोस्रो सानो देश हो । यसको दक्षिण पश्चिममा अन्नोबान टापु, उत्तर पूर्वमा बायोको (इक्वेटोरियल गिनीको दुवै भाग) पर्छन् ।

सोलोमन टापु– सोलोमन द्वीप पपुवा न्युगिनीको पूर्वमा मालेनेसियामा झण्डै एक हजार द्वीप समेटिएको देश हो । करिब २८ हजार ४ सय वर्ग किलोमिटरमा फैलिएको यो देशको राजधानी गुआडल क्यानल द्वीपमा रहेको होनिअरा हो ।

भानुआतु– भानुआतुु देश प्रशान्त महासागरमा पर्छ । यहाँ इसाई धर्मका मानिस बस्छन् । ६ प्रान्तमा विभाजित यो देशमा संसदीय प्रजातन्त्र छ । ८३ वटा टापु मिलेर यो देश बनेको छ ।

कोमोरोस– यो देश हिन्द महासागरमा रहेको एक अफ्रिकी देश हो ।

यो देशको सीमासँग कुनै देश जोडिएको छैन । तर यो मोजाम्बिक र तान्जानियाको नजिकै अफ्रिकी तटमा पर्छ ।

लिसोथो–लिसोथोको सीमाको अधिकांश भाग भ्याटिकन सिटी र सान मारियोसहित दक्षिण अफ्रिकासँग जोडिएको छ । यसको राजधानी मसेरु हो ।

ताजकिस्तान–ताजकिस्तान एसिया महादेशमा पर्ने भूपरिवेष्ठित देश हो । यो अफगानिस्तान, उज्वेकिस्तान, किर्गिजिस्तान र चीनले घेरिएको छ । तर यो देशमा आजसम्म कोरोना संक्रमण देखिएको छैन ।

यमन–यमन पश्चिम एसियामा रहेको एउटा अरब देश हो । साउदी अरबको दक्षिणमा पर्ने यमनको पश्चिममा ओमन पर्छ ।

कोरोनाबाट विश्वमा ५९ हजार २०३ को मृत्यु, ११ लाख १७ हजार ८२ संक्रमित
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ५९ हजार २०३ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि ११ लाख १७ हजार ८२ जना कोरोना भाइरसबाट संक्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’ को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताएका छन् । गरिबीको रेखामुनि दशौं लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरिसकेको छ ।

  • कोरोनाबाट बढी प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृष्य :-
    देश मृतक सङ्क्रमित निको भएका
    इटाली १४ हजार ६८१ १ लाख १९ हजार ८२७ १९ हजार ७५८
    स्पेन ११ हजार १९८ १ लाख १९ हजार १९९ १३ हजार ५१३
    अमेरिका ७ हजार ४०२ २ लाख ७७ हजार ४७५ १२ हजार २८३
    जर्मनी १ हजार २७५ ९१ हजार १५९ २४ हजार ५७५
    फ्रान्स ६ हजार ५०७ ८२ हजार १६५ १४ हजार ८
    चीन ३ हजार ३२६ ८१ हजार ६३९ ७६ हजार ७५५
    इरान ३ हजार २९४ ५३ हजार १८३ १७ हजार ९३५
    बेलायत ३ हजार ६०५ ३८ हजार १६८ १३५
    टर्की ४२५ २० हजार ९२१ ४८४
    स्वट्जरल्याल्ड ५९१ १९ हजार ६०६ ४ हजार ८४६
    बेल्जियम १ हजार १४३ १६ हजार ७७० २ हजार ८७२
    नेदरल्यान्ड्स १ हजार ४८७ १५ हजार ७२३ २५०
    क्यानाडा २०८ १२ हजार ५४९ २ हजार १८६
    अष्ट्रिया १६८ ११ हजार ५२४ २ हजार २२
    दक्षिण कोरिया १७७ १० हजार १५६ ६ हजार ३२५
    पोर्चुगल २४६ ९ हजार ८८६ ६८
    ब्राजिल ३६५ ९ हजार २१६ १२७
    इजरायल ४० ७ हजार ४२८ ४०३
    स्विडेन ३५८ ६ हजार १३१ २०५
    अष्ट्रेलिया ३० ५ हजार ४५४ ५८५
    नर्वे ५९ ५ हजार ३७० ३२
    आयरल्याण्ड १२० ४ हजार २७३ २५
    रुस ३४ ४ हजार १४९ २८१
    डेनमार्क १३९ ३ हजार ७५७ १ हजार १९३
    जापान ६९ २ हजार ९३५ ५१४
    पाकिस्तान ४० २ हजार ७०८ १३०
    साउदी अरेबिया २५ २ हजार ३९ ३५१
    यूएई ९ १ हजार २६४ १०८
    कतार ३ १ हजार ७५ ९३
    रासस–एपी–एएफपीको सहयोगमा
 
 
  
 

You may also like