समाजसेबी बिकको सहयोगमा मुसिकोट एकमा मास्क बितरण

हरि पाठक
गुल्मी।गुल्मीको मुसिकोट नगरपालिका वडा नंं.१ मा मास्क बितरण गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ बिभाग सदस्य तथा वडा नम्बर एक कमिटी अध्यक्ष दुर्गा बहादुर बिकको सहयोगमा वडाभित्रका नागरिकलाई कोरोनाभाइरस अर्थात कोभिड-१९बाट बच्न जनचेतना जगाउदै मास्क वितरण गरिएको हो।

बिश्वमाहामारीकै रूपमा फैलिरहेको यो भाइरसबाट हरेक समय सरसफाईमा विशेष ध्यान दिदै,कोरोनाबाट बच्न हात राम्रोसँग साबुनपानीले नियमित धुनुपर्ने,उच्च सतर्कता अपाउनपर्ने बताउदै सरकारले घोषणा गरेको लकडाउनको पूर्णरूपमा पालना गरि घरमै बस्न नेकपा वडा १ कमिटी अध्यक्ष तथा समाजसेबी बिकले अाग्रह गर्नुभयो।

उहाले हामी यो माहामारी तथा विपदबाट पार हुन सजक्ता अपनाउनै पर्छ,यो भन्दा बिकल्पै छैन अन्य मूलुकमा जस्तै हाम्रो मूलुकमा ठूलै संकट अाउन सक्ने भएकाले यसबाट छुटकारा पाउन हामी सचेत भइ सरकारले दिइएको नियममै बस्नेे र बाह्यमूलुकबाट अाउनुभएका ब्यक्तिहरू अनिबार्य होम क्वारेन्टाइनमा बस्ने र नअात्तिन स्वास्थ्यमा केही समस्या अाएमा तुरून्त नजिकैको स्वास्थ्यसंस्था, वडा तथा पालिकाहरूमा खबर गर्न समेत शुल्झाउनुभयो।

गाउँका कतिपय ब्यक्ति अझै खुलमखुला हिडिरहेको अबस्थामा नहिड्न अाग्रह गर्दै सोह्र हजार बराबरका करिब ८०० मास्कहरू बितरण गरिएको छ।नागरिकको स्वास्थ्य अबस्थालाई विशेष ध्यान दिन गाउँका टोलटोलमा पुगेर कोरोना भाईरसका लक्षण यसबाट बच्ने उपाय र अपनाउनुपर्ने पूर्व सतर्कताका विषयमा जानकारी गराउनुका साथै मास्क समेत वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसको आतंकका कारण देशमा भएको लकडाउनलाई मध्यनजर गरी गुल्मीमा वडा तथा पालिका,संघसंस्था एवम् बिभिन्न ब्यक्तिहरूले नागरिकलाई राहत स्वरूप बिपन्न परिबारलाई मास्क तथा खाद्यान्न सामाग्री बितरण गर्दै अाइरहेका छन् ।

 
 
  
 

You may also like