बुटवलमा लागुऔषध सहित दुई जना पक्राउ

बुटवल। बुटवलको देविनगरबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २० एम्पुल नुफिन, २० एम्पुल सेरिज्याक र २० एम्पुल फेनारागन सहित प्रहरीले स्थानीय ३१ वर्षीय शिव थापा र २३ वर्षीय इन्द्र गुरुङलाई पक्राउ गरेको हो ।

बुटवल ११ देविनगर अस्थायी प्रहरी चौकी प्रमुख रुमबहादुर केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकास्पद देखिएका उनीहरुलाई खान तलासी गर्दा लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बाटोमा हिंडीरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालयमा राखि थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी गराउनु भयो ।

 
 
  
 

You may also like