गुल्मीको मुसिकोट ८ तारिके भीरमा अड्किएकी महिलाको नेपालीसेनाको टोलिद्वारा शकुसल उद्धार

हरि पाठक
गुल्मी।गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ अर्छुङ नजिकैको तारिके भीरमा बुधबार साझ तिर अड्किएको अवस्थामा फेला परेकी एक महिलाको विहिबार बिहान उद्धार गरिएको छ ।

बुधबार उद्धार गर्दा गर्दै पानी परेको र अत्यन्तै जोखिमपूर्ण भीर भएपछि राति अवेरसम्म कोशिस गर्दा पनि उनको उद्धार हुन नसकेपछि विहिबार बिहानैदेखि खटेको नेपाली सेनाको टोलीले उनलाई शकुसल उद्धार गरेको हो ।

अन्दाजी ३५ /३६ वर्षकी देखिने ति महिला भारतिय नागरिक भएको मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।नगरपालिकाको गाडिमार्फत उक्त महिलाको मुसिकोट नगरपालिका वडा नं. ७ वामी टक्सार स्थित वामी स्वास्थ्य् चौकीमा उपचार भैइसकेको स्वास्थ्य परीक्षण सामान्य देखीएको र खाना खुवाएर मुसिकोट ७ को रुद्रावति बहुमखी क्याम्पसमा तयार पारिएको क्वारेन्टाइनमा राखीएको नगर प्रमुख सापकोटाले बताउनुभयो ।

महिलाले आफ्नो नाम भुना बताएको र घर भारतको मधुपरामा रहेको साथै दुई छोरासहित श्रीमान पनि रहेको बताउदै घर छोडेर हिड्दै आएको दुइ महिना समेत भएको बताएकी छन् । नगर प्रमुख सापकोटाले भारतीय सरकार सँग समन्वय गरेर केही दिनपछि महिलालाई घर पठाउँने बताउनुभएको छ ।घटनास्थलमा स्वयम नगरप्रमुख ,वडा नं.८ का अध्यक्ष लगायत जनप्रतिनिधिहरू स्थानीय सेनाको टोली पुगेर उद्वार कार्यमा खटिनुभएको थियो।

वडा नं ८ को अर्छुङमा रहेको तारिके भन्ने भिरमा बाटोबाट करिब तीन सय मिटर तल अड्किएको अवस्थामा भेटिएपछि बुधवार उद्धारका लागि सक्दो प्रयास गरिए पनि मौसम खराबी र निकै जोखिमपूर्ण स्थानले गर्दा असफल भएको उद्धार कार्य बिहीबार सफल भएको छ। हामीले घटनास्थल पुग्नुभएकै स्थानीय तथा मुसिकोट वडा नं.८ का कम्युटर अपरेटर उज्ज्वल खत्रीको फोनबार्तामा गरिएको कुराकानीको सहायतामा यो समाचार तयार पारिएको हो।

 
 
  
 

You may also like