राेटरि रोट्याक्ट डाउनटाउन द्वारा राहत वितरण

बुटवल । सामाजिक कार्यहरुमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउन र रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन द्वारा संयुक्त रुपमा राहत वितरण कार्यक्रम लाई अगाडि बढायका छन । राेटरि र रोट्याक्ट डाउनटाउनका सदस्यहरुले स्व इस्फुर्त रुपमा राहत कोष खडा गरि अति आपतमा परेका दिनदुखी हरुलाई सहयोग गरिने रोटरि अध्यक्ष तुलसि घिमिरेले बताए।

बुटवल ४ का वार्ड अध्यक्ष टंक पराजुलिले महामारि रुपमा फैलिएको कोविड 19 रोग बाट बच्न सरकारले लक डाउन पछि दैनिकी मज्दुरी गर्ने परिवार लाई बढी समस्या र खाद्यान्नको अभावको बेला राेटरि र रोट्याक्ट डाउनटाउनले गरेको सहयोग अति महत्त्वपूर्ण रहेको बताए।

राेटरि का A.G . राजेन्द्र ढकालले समाज लाइ आपत पर्दा राेटरि सदैब अग्रभागमा रहि समाज सेवा गरि आएको बताय । रोट्याक्ट अफ बुटवल डाउनटाउन का अध्यक्ष मधु भट्टराईले सन्सार कोरोना को महामारी मा रहेको र लामो लक डाउन मा दैनिकी गरि खाने मज्दुर देखि अन्य पिछडियकाे बर्गमा औषधि र खाद्यान्नको ठुलो बिकराल समस्या परेको हुनाले अति आवश्यक करिब २०० घर धुरी लाई दैनिकी खाद्यान्न, चामल, दाल, साबुन, तेल , नुन सहयोग गर्ने अनुरुप सामान बितरन गरियेको बताय । साथै भोलिका दिन हरुमा येस्तै सहयोग निरन्तर रहने पनि भट्टराईले जानकारि गराय । जसअनुरुप आज बुटवल वार्ड ४ मा ३० घर धुरी लाई सामान वितरण गरियेको हो ।

 
 
  
 

You may also like