सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु

सियारी । रूपन्देहीकाे सियारी गाउँपालिकामा विपत ब्यवस्थापन तथा राहत काेष स्थापना गरिएको छ। विपत व्यवस्थापन समितिकाे अाईतबार बसेको अकास्मिक बैठकले गाउँपालिकाकाे तर्फबाट रू २५ लाख बराबरकाे विपत व्यवास्थापन रहत काेष स्थापना गरिएको हो ।
विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराना भाइरस नेपालमा पनि देखिए पछि अहिले नेपालमा देशभर सरकारले लकडाउन गरेकाे छ । लकडाउनकाे समयमा दैनिक गुजारा चलाउन नसक्नेहरू अति गरिव तथा छाक टार्न समास्या परेकाहरूलाई र राेगबाट प्रभावितहरूलाई उपचारमा सहजताका लागि साे काेष बनाईएकाे गाउँपालिका अध्यक्ष अयाध्या थारूले बताउनु भयाे ।
गाउँपालिकामा गरिव तथा छाक टार्न मुस्किल पर्नेहरूकाे लगत लिने कार्य वडा मार्फत भैरहेकाे र जतिसक्दाे चाँडाे रहात वितरण गरिने उहाँकाे भनाइ छ ।

गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरूङले परिवारीक र आर्थिक अवास्थ हेरेर अावश्यक खाद्यान्न चमल,दाल र नुन वितरण गरिने बताउनुभयो ।
गाँपालिकाकाे विपत ब्यवास्थपन खाता एनअाईसी एसिया बैंककाे खाता नं. ०९३ सि ए ५००१४९४१००४ मा सर्वसाधारण तथा संघसंस्थाहरूले सहायाेग रकम जम्मा गर्न सकिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले बताउनु भयाे ।
डिसइन्फेक्सन स्प्रे सुरु
यस्तै गाउँपालिकाले डिस्इन्फेक्सन बनाउन स्प्रे सुरु गरेको छ । विभिन्न बजार टाेल तथा बाटाेहरूमा किटनासक विषादी छर्ने कार्य अाईतबार देखि सुरू गरिएकाे गाउँपालिकाले जनाएको छ ।
अाजै बसेकाे बैठकले विभिन्न ठाउँमा सेनेटाईजर वितरण गरिने, गाउपालिकाभरि विषाधि निरन्तर छर्कने, स्वास्थ समाग्री मगाउन समाजिक विकास मन्त्रलायमा पहल गरिने, लकडाउनले छाक टार्न समास्य परेकाहरूलाई राहत वितरण पारदर्शी बनाउने, क्वारेन्टाइनमा भएकाहरूकाे उचित हेरचाह गर्ने व्यवस्था मिलाइएको प्रवक्ता गुरूङले बताउनु भयाे ।

 
 
  
 

You may also like