सैनामैनामा पनि अस्थायी आइसुलेसन अस्पताल

टिका खरेल
सैनामैना ।सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल संचालन हुने भएको छ ।
नगरपालिकाको विपत व्यवस्थापन समितिको आज बसेको बैठकले सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल बनाउने निर्णय भएको नगरप्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए । अस्पतालमा एक चिकित्सक सहित, एक हेल्थ असिटेण्ट र दुई नर्स रहने छन । उक्त अस्थायी अस्पताल शुक्रवारदेखि संचालनमा आउने छ । यसका लागी आजैबाट डा .सहितको टोली अस्पताल निर्माणमा जुटेका छन ।
“कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने छ ” उनले भने े ।
विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै नगरप्रमुख कार्किले एक जना विरामीलाई अलग अलग राख्ने गरी अस्पतालमा ३० वेड रहने बताए ।
विपद व्यवस्थापनसँग सम्वन्धित रहेको रु. २० लाखमध्ये रु. ५ लाखका विभिन्न साम्रगी खरिद भएको जानकारी दिदै कतिपय रकमलाइ रकमान्तर गरेर भएपनि करिब रु १ करोड बराबरको कोष बनार्ई प्रभावकारी बनाइने जानकारी गराए ।
सैनामैनामा रहेका उद्योग वाणिज्य सङघ, व्यापार संघ, नेपाल रेडक्रस सोसाइटी, रोटरी कलब अफ सैनामैना, लायन्स क्लब अफ सैनामैना, होटेल तथा रेष्टुरेष्ट व्यवसायी सङघ, नेपाल जेसीस लगायतका विभिन्न संघ, संस्थाले समेत सहकार्य गर्ने बताइएको छ ।
रोटरी क्लब अफ सैनामैनाले कोरोना विरुद्धको सह–कार्यका लागि एउटा एम्वुलेन्स समेत हस्तान्तरण गरेको छ भने हेल्थ पोष्टमा रहेको एम्व्लेन्स तयारी अवस्थामा राखिएको छ ।
नगरप्रमुख कार्किले सैनामैनामा रहेका नीजि मेडिकल तथा क्लििनिक बन्द गर्न नहुनेमा जोड दिदै अहिलेको संकटको घडीमा सबैको साथ र सर्मथन आवश्यक भएको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थिले विपद व्यवस्थापन कोषबाट नै कोरोना भाइरस विरुद्ध काम गरिने जानकारी दिए । यसअघि नगरपालिकाले हेल्प डेस्क खडा गरी कोरोना भाइरस विरुद्ध काम गरेको थियो ।
बैठकले कोरोना रोकथाम तथा उपचार कोष प्रदेश नं ५ संग आवश्यक सहयोग माग गर्ने निर्णय गरेको छ । यस्तै सैनामैनाको पशुपति मा.बि मा रहेको बिज्ञान प्रयोगशालामा ५०० लिटर सेनेटाइजर उत्पादनका लागी आवश्यक कच्चा पदार्थ उपलब्ध गर्ने निर्णय गरेको छ ।
महामारीको बेलामा सबैलाई सहयोग गर्न अपिल गर्दैं सहयोग गर्न चाहनु हुने संघ सस्था वा ब्यतिmले कृषि बिकास बैङ पर्रोहा शाखा मा बिपद ब्यवस्थापन कोषको नाममा रहेको खाता नं ०४–१४२–०१२७–३६५५–०१–५ मा सहयोग रकम जम्मा गर्न समेत अनुरोध गरेको छ ।
यस अघि सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल बनाउन नगरप्रमुख चित्र बहादुर कार्की नेतृत्वमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, स्वास्थ विशेषज्ञ बिष्णु गौतमसहितको टोलीले चिकित्सालयको निरीक्षण गरेका थिए ।

 

 
 
  
 

You may also like