लकडाउनमा जनतालाई सास्ती: भारत बाट आएका हिडेरै गुल्मी

गुल्मी। । सरकारले लागु गरेको पूर्ण बन्दाबन्दी(लकडाउन)को कारण सिमामै थुनिएका धेरै मजदुरहरु यतिबेला हिडेरैं गाउँसम्म पुगेका छन् । भारतबाट स्वदेश आईपुगेका गुल्मीका नेपालीहरुलाई रोक्न नसकिएको पाल्पा प्रहरीले जनाएको छ ।

‘कोही नुवाकोट तर्फबाट पैदल बाटो आएका छन्, कोही नवलपारासी त कोही बुटवल तर्फको खोला र जंगल हुँदै छिरेका छन्, मानिसहरुको संख्या गन्न र उनीहरुलाई रोक्न सकिएन’– पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बुधबार विहान बुटवल, पाल्पा हुँदै हिडेर गुल्मी प्रवेश गरेका २५ देखि ३० जनाको टोलीलाई रिडीमा स्वास्थ्य परिक्षण गराई छाडिएको बताए । उनिहरु त्यहाँबाट पैदल हिडेर घरतर्फलागेका छन् ।

जिल्ला भित्रिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ । मालिका गाउँपालिकाका प्रबत्ता एवं वडाध्यक्ष शोभाखर गिरिका अनुसार उनीहरु मध्ये करिव २५ जना त्यस गाउँपालिका भित्रका हुन् । वडाध्यक्ष गिरिले भारतबाट घर आएका उनीहरुलाई रुपन्देहीको क्वारेन्टाईनमा राख्न खोज्दा भागेर पाल्पा हुँदै हिडेर आउँदै गरेको बताए ।

 
 
  
 

You may also like