फेरि एक जनामा कोरोना संक्रमण , नेपालमा जम्मा संख्या ३ पुग्यो

काठमाडौं। नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालका कोरोना भाइरस संक्रमितको संख्या तीन पुगको छ। जसमध्ये एक जना निको भइसकेका छन् भने, २ जना उपचाररत छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको हो। अस्पतालले हालसम्म शंकास्पद ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा ३ जनाको नतिजा ‘पोजेटिभ’ आएको हो।

सोमबारसम्म ६ सय ८ जनाको स्वास्थ्य परीक्षण गरेको अस्पतालले मङ्गलबार थप ७९ जनाको स्वास्थ्य परीक्षण गरेको थियो। मङ्गलबार स्वास्थ्य परीक्षण गरिएकामध्ये एक जनामा कोरोना भाइरस देखिएको हो।

कोरोना भाइरस अहिले विश्वभर तीव्र रूपमा फैलिरहेको छ। यो भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएका थियो। त्यसयता कोरोना भाइरसका बिरामी विश्वका १ सय ९७ देश तथा भूभागमा देखिएका छन्।

कोरोना भाइरस देखिएपछि हालसम्म (तीन महिना)को अवधिमा विश्वभर ४ लाख २२ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ। यीमध्ये १८ हजार ९ सय ५ जनाको मृत्यु भइसकेको छ भने १ लाख ९ हजार १ सय ४३ जना संक्रमित उपचारपश्चात निको अस्पतालबाट घर फर्केका छन्।

हाल विश्वमा कोरोना भाइरसका २ लाख ८४ हजार ८ सय ६५ बिरामी विभिन्न अस्पतालहरूमा उपचाररत छन्। यीमध्ये २ लाख ८१ हजार ७ सय ७० जनाको अवस्था सामान्य छ भने १३ हजार ९५ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ।

 
 
  
 

You may also like