कोरोना भाइरस : इटालीमा शुक्रबार भन्दा १६६ बढीको मृत्यु, एकै दिन ७ सय ९३ को ज्यान गयो

काठमाडौं । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ९३ जनाको मृत्यु भएको छ ।

यो शुक्रबार मृत्यु हुनेको संख्या भन्दा १६६ ले बढी हो । थप ७ सय ९३ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ ।

संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । बुधबारसम्म ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिदै आएकोमा शुक्रबारसम्म ६ हजार ५ सय ५७ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै इटालीमा मात्रै कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ ।

 
 
  
 

You may also like