प्रतिबन्धित देशबाट ६१ नेपाली काठमाडौंमा, खरिपाटीको क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्धलाई उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ नेपालीलाई काठमाडौं विमानस्थलमा ल्याएका छन् ।

थाइ एयरवेज र एयर इन्डियाका विमानले ६१ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएका हुन् । यसरी प्रतिबन्धित देशबाट आइपुगेका नेपालीलाई अब खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिने भएको छ ।

यसअघि चीनको वुहान र अन्य विभिन्न सहरबाट नेपाल ल्याइएका बिद्यार्थीलाई त्यहाँ राखिएको थियो ।

सरकारले यसअघि यसरी विदेशबाट आउने विदेशी नागरिकलाई फर्काउने गरेको थियो । तर, यसपटक, दुबई, कतारलगायतका देशबाट नेपाली नै आएकाले सरकारले क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

 
 
  
 

You may also like