प्रदेश ५ मन्त्रीपरिषद निर्णयहरु : प्रदेश सञ्चार परिषद गठन गर्ने, उर्जा कार्यालय दाङ्गमा स्थापना गर्ने

बुटवल । प्रदेश ५ सरकारले विभिन्न निर्णयहरु गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मंगलबार बसेको बैठकले प्रदेशमा सञ्चार परिषद गठन गर्ने विधेयकको लागि सैद्धान्तीक सहमती प्रदान गरेको छ । जसबाट विधेयक तयार गरी प्रदेश सञ्चार प्रतिष्ठान गठन गरिने छ ।

यस्तै मन्त्री परिषद् बैठकलले भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत दाङ्ग जिल्लाको लमहीमा प्रदेश उर्जा कार्यालय स्थापना गर्ने गरी ल्याएको प्रस्तावमा स्वीकृत गर्दै ८ जना कर्मचारीहरुको अस्थायी दरबन्दी समेत स्वीकृत गर्ने छ ।

प्रदेश गौरवका आयोजनाहरु मध्ये रहेका विद्युतीय काम हेर्ने गरी अस्थायी प्रकृतिको कार्यालय स्थापना गर्न लागिएको प्रदेश ५ का भौतिक पुर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

यस्तै भुमि व्यवस्थ कृषि तथा सहकारी मन्त्रालयबाट ल्याइएको प्रदेश सहकारी नियमावली स्वीकृत गरेको छ । अव प्रदेशमा सहकारी दर्ता, नविकरण, खरेजी लगायतका सबै काम सुरु हुने छन ।

मन्त्रीपरिषदले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाउन लागेको भुमि सम्बन्धी ऐनको लागि विधेयक तयार गर्नको लागि सैद्धान्तीक सहमती दिएको छ । यस्तै जिवनासक विषादीको व्यवस्थापन गर्न बन्न लागेको विधेयकको लागि समेत स्वीकृत प्रदान गरेको छ ।

मन्त्री परिषद् बैठकले केही दिन पहिला परेको असिना पानीबाट भएको क्षतीको एकिन विवरवण संकलन गर्नको लागि वालीनालीमा भएको नोक्सानी को विवरण समेत संकलन गर्नको लागि कृषि ज्ञान केन्द्र र जिल्लाको विपत व्यवस्थापन समितिलाई निर्देशन समेत दिएको छ ।

 
 
  
 

You may also like