विश्वकै महान हास्यव्यंग्यकार चार्ली च्याप्लिनका प्रेरणादायी भनाइहरु

काठमाण्डौ । चार्ली च्याप्लिन विश्वकै महान हास्यव्यंग्यकारका रुपमा चिनिन्छन । हास्य व्यंग्यका क्षेत्रमा च्याप्लिनले निकै ठूलो सफलता हात पारेका छन् । विभिन्न समाचार माध्यममा जनाइएअनुसार, च्यााप्लिनको जिवनका सुरुवाती चरण भने निकै कष्टप्रद थियो । तरपनि उनले आफूले जीवनमा जति नै दुख झेलेपनि अरुलाई भने हँसाइ नै रहे ।

यहाँ हामीले तिनै चर्चित हास्यव्यंग्यकार चार्ली च्याप्लिनका केही प्रेरणादायी भनाइहरु उल्लेख गरेका छौं । जुन भनाइ तपाईंका लागि जीवन उपयोगी र प्रेरणादायी बन्न सक्छन् ।

– तपाईं एउटा कुरा याद राख्नुहोस् की यो दुनियाँमा स्थायी भन्ने कुनैपनि चिज छैन, त्यसैले ढुक्क हुनुहोस् हाम्रो दुख पनि स्थायी होइन ।
– तपाईंको दुख अरुका लागि हाँसोको कारक बन्न सक्छ । तर, म कामना गर्छु तपाईंको हाँसो कहिल्यैपनि अरुका लागि दुखको कारक नबनोस् ।
– जब म एक्लै रुने गर्छु तब ऐना कहिल्यै हाँस्दैन त्यसैले ऐना मेरो जिवनको सबैभन्दा असल साथी हो ।
– तपाईंले कुनै दिन नहाँसीकन बिताउनु भयो भने तपार्ईंको त्यो दिन नै बर्बाद भयो ।
– म जहिले पनि झमझम झरी परेको समयमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।
– तपाईं मुस्कुराएर हेर्नुहोस् अनि थाहा पाउनुहुन्छ की जिवन अझै मूल्यवान रहेछ ।
– तपाईंले केही पनि गर्नुहुन्न भने कल्पना मात्र गर्नुको कुनै अर्थ रहँदैन ।
– तपाईंले तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुन्न ।
– सही समयमा गलत काम गर्नुभयो भने त्यो तपाईंका लागि विडम्बना हो ।

 

 
 
  
 

You may also like