जुवा खेलिरहेको अवस्थामा महिला जुवाडे पक्राऊ

बुटवल। बुटवलमा जुवा खेलिरहेको अवास्ठामा ४ महिला सहित ५ जनालाई पक्राउ गरेको छ। बुटवलको सुख्खानगर स्थित एक घरको तलामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटराईले जानकारी दिनुभयो।

महिलाहरुलाई प्रहरीले प्रक्राउ गरेपछि महिलाका परिवार, आफन्त र छरछिमेकमा हल्लिखल्ली मच्चिएको छ । महिलाहरु समुहमा तास खेलिरहेको बेला प्रहरीले पक्राउ गरेको यो पहिलो घटना हो ।

प्रकाउ परेका उनीहरुबाट ६० हजार नगद सहित ४ बुक तास समेत बरामद गरेको प्रमुख भटराईले बताए । प्रकाउ परेका उनीहरुलाई थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । महिलाहरु मात्र मिलेर तास खेलेको अवस्थामा पक्राउ परेको यो घटना बुटबलमा पहिलो हो । समुहमा महिला पुरुष भेटिने गरेपनि यसपाली ४ जना महिला १ जना पुरुष फेला परेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like