पेट्रोल र डिजेलको मूल्य फेरि घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्दै प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटाएसँगै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ कायम भएको छ भने डिजेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।

निगमले हवाई इन्धनको मूल्यसमेत घटाएको छ । प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेपछि अब हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम भएको छ ।

 
 
  
 

You may also like