चलचित्र पत्रकार संघको अध्यक्षमा: सिटौला

काठमाडौ । चलचित्र पत्रकार संघ नेपालको आठौं केन्द्रीय महाधिवेशनबाट दिनेश सिटौला अध्यक्षको रुपमा निर्वाचित भएका छन् ।

दिनेश सिटौला अध्यक्षमा, उपाध्यक्ष कार्यक्रममा जिवन पराजुली, उपाध्यक्ष महिलामा दिपज्योती थापा ( निर्बिरोध), उपाध्यक्ष संगठनमा कुबेर डङ्गोल (निर्बिरोध), महासचिबमा समीर बलामी, सचिबमा रघुनाथ सापकोटा, सचिब (समाबेशी) मा विशाल हसिन राई (निर्बिरोध), कोषाध्यक्षमा प्रदिप कार्की (निर्बिरोध) र सह कोषाध्यक्षमा बिनोद पोखरेल निर्वाचित भएका छन् ।

सदस्यहरू तर्फ दिपक गुरुङ ( समाबेशी), सुरक्षा भट्टराई (महिला), आशिष ओली, गोपी कृष्ण चापागाइ, मिलन ढुङ्गाना, मनिष अन्जान, नवीन गिरी, सृष्टि पोखरेल निर्वाचित भएका छन् ।

निर्वाचित भएसंगैसंगै अध्यक्ष दिनेश सिटौलाले भने, “मेरो कार्यकाल भर चलचित्र पत्रकारको हितका लागि गर्नेछु र यो संगठनलाई सम्मानित र मर्यादित बनाउनेछु ।”

 
 
  
 

You may also like