लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार

बुटवल। लुम्बिनी प्रादेशीक अस्पतालको गुरु योजना तयार भएको छ। प्रदेश योजना आयोगले तयार पारेको उक्त गुरुयोजना सोमवार एक कार्यक्रमका विच प्रदेश सरकारलाई हतान्तरण गरेको छ।
प्रदेश योजना आयोगका तर्फ बाट आयोगका उपादक्ष्य डा. इश्वरी गौतमले प्रदेशका मुख्य मन्त्रि शंकर पोखरेललाई हस्तान्तरण गर्नुभएको हो। ।

कार्यक्रममा बोल्दै मुख्य मन्त्रि शंकरले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पतालका रुपमा निर्माण गर्ने बताउनुभयो। ।

उँहाले संघ र प्रदेश सरकारको बजेट तथा निजी क्षेत्रको समेत आर्थिक सहभागितामा निर्माणका लागि रकम जुटाउने बताउदै डीपीआर तयार भएसँगै भवन निर्माणको काम शुरु हुने बताउनु भएको छ ।

छलफलका क्रममा आर्किटेक इन्जिनियर विष्णु पन्थीले गुरुयोजना प्रस्तुत गर्दै अस्पतालको डिजाइन अन्तररास्ट्रिय मापदण्डअनुसार बनाइएको बताउनुभयो । गुरुयोजनाअनुसार अस्पतालमा सबै विशेषज्ञ सेवा आधुनिक भवनबाट दिन सकिनेछ। १० तले भवन निर्माण हुने र त्यसमा सबै सेवा उपलब्ध गराउन सक्ने उल्लेख छ।

भवनको माथि हेलिप्याड समेत रहनेछ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ। पन्थीले सबै वार्डहरुलाई अन्तरराष्ट्रिय शैली र मापदण्डअनुसार बनाएकाले जुनसुकै सरुवा रोगका बिरामीको उपचारमा पनि समस्या उत्पन्न नहुने बताउनुभयो ।

उँहाले गुरुयोजना अनुसार अस्पताल निर्माण भए नेपालकै नमूना अस्पताल बन्ने बताए। अस्पतालको गुरुयोजनामा सुविधासम्पन्न १० तले भवन निर्माण गर्ने योजना छ।

गुरुयोजनाअनुसार अस्पतालको संरचनाका लागि १४ अर्बको लागत अनुमान गरिएको छ। जसअनुसार मुख्य भवन १० तलाको हुनेछ । जसमा १२ सय शैया हुनेछन्। अहिले अस्पतालको नजिक रहेको वनको जग्गामा क्वाटर, अस्पतालको छतमा हेलिप्याड समेत हुने भएको छ।

 
 
  
 

You may also like