भैरहवा मेडिकल कलेजमा विरामीको मृत्यु भएपछी डाक्टर माथि हातपात

सन्त कुमार श्रेष्ठ
भैरहवा। युनिभर्सल कलेज भैरहवामा एक विरामीको मृत्यु भएपछी त्यहा तनाब सिर्जना भएको छ। । अस्पतालका एक श्रोतका अनुसार नवलपरासी स्थित यम कुमारी बुढामगरको सोमवार विहान करिब ८:१० तिर मृत्यु भएपछी अस्पतालको लापरवाहिको कारण विरामीका आफन्त द्वारा तनाब सिर्जना गरेका हुन् ।

विरामीका आफन्तका अनुसार टाउकोमा रगत जमेका कारण आइसियु कक्षमा राखेर बुढामगरको उपचार भइरहेको थियो त्यसै क्रममा आइसियुमै उनको निधन भएपछि सोही कक्षमा रहेका डाक्टर माथि हातपात भएको जनाइएको छ । हातपात बाट घाइते डाक्टरको अहिले आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

उक्त समस्या सुल्झाउनको लागि अहिले बैठक बसेको जानकारी गराइएको छ।

 
 
  
 

You may also like