बुद्दको मुर्ति तोडफोड गर्नेलाई कारबाहीको माग

by समतल अनलाइन

बुटवल । तिलोत्तमा नगरपालिकाले ६ लेन सिद्धार्थ राजमार्गको डिभाइडरमा स्थापना गरेको राष्ट्रिय विभूति गौतम बुद्धको मूर्ति तोड्फोड गर्नेको पहिचान गरि कारवाही गर्न प्रशासनले आलटाल र वेवास्ता गरेको भन्दै तिलोत्तमाका स्थानियले विरोध प्रदर्शन गरेका छन् ।

सोमबार दिउँसो मणीग्राममा जम्मा भएका उनीहरुले सिद्धार्थ राजमार्ग अन्तर्गत मणिग्राम चोकमा सडकमै सुतेर विरोध जनाएका हुन् । तिलोत्तमाका विभिन्न ठाउँबाट खबरदारी ¥याली, विरोध ¥याली लेखिएका व्यानर सहित हजारौंका संख्यामा जम्मा भएका प्रदर्शनकारीहरुले मणिग्राम चोकमा विरोध सभा पश्चात दोषी पत्ता लगाई कारबाही गर्न माग गर्दै सवारी आवागमन नै रोकेर सडकमै सुतेका थिए ।

पञ्चशिलको झण्डा सहित नारा लगाउँदै तातो सडकमै सुतेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रमूख डिएसपी भीमलाल भट्टराईको नेतृत्वमा खटिएको टोलीले बल प्रयोग गरि सडकबाट हटाइएको थियो । प्रहरीले सामान्य बल प्रयोग गरि सडकबाट उनीहरुलाई हटाइरहँदा प्रदर्शनमा सहभागीहरुले शान्तिका अग्रदुत गौतम बुद्धको शालिक तोड्फोड गर्नेको अविलम्ब पहिचान गरि कारबाही गर्नुपर्ने माग गरेका थिए ।

सडकमै सुत्नु अघि आयोजना गरिएको कोण सभामा बोल्दै पूर्व सभासद् विनोद पहाडीले मूर्ति तोडफोड्को विषयमा प्रशासन मुकदर्शक भएर बसेको आरोप लगाउनु भयो । ‘कतै प्रशासनकै आडमा बुद्धमार्गीहरुलाई तर्साउन प्रशासनकै योजनामा मूर्ति तोडिएका त होइनन् रु’ उनले प्रश्न गरे । बुद्धको नाम बोकेर विश्वका प¥यटकलाई नेपालमा आह्वान गरिरहँदा जन्मभूमिमै बुद्धका मूर्ति तोडेफोड हुनु र त्यसमा छानवीन नहुनु, हेलचेक्राइ गर्नु अशुभ संकेत रहेको पहाडीको भनाई थियो ।

अर्का वक्ता राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले मूर्ति तोड्फोडले राष्ट्रिय विभूतिको अपमान भएको बताए । घटना भएको एक महिना बितिसक्दासम्म पनि दोषीको पहिचान नगर्नुमा शासकीय दम्भ देखिएको उनको भनाइ थियो । यसरी नै घटनामा संलग्नलाई लुकाउन खोजिए जनताले यसको छिनोफानो सडकबाट गर्ने चेतावनी दिए । सडकबाट छिनोफानोको जिम्मेवारी र मोर्चाको अगुवाई आफ्नो पार्टीले गर्ने बताए ।

सोही अवसरमा देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रदेश ५ इन्चार्ज केवी गुरुङले घटना निन्दनीय भएको बताउँदै घटनाको पक्षपोषणमा राज्य नै लागेको आभाष भएको आरोप लगाए । ‘राज्यले ढाकछोप र पक्षपोषण नगरेको भएत अपराधी पत्ता लाग्थ्यो ।’ उनले भने ‘राज्यले बहुधार्मिकतालाई अझै आत्मसाथ गर्न सकेको छैन ।’ बहुसंस्कृति र बहुधार्मिक नेपाल राज्यको चरित्र भएकाले यसलाई बेवास्ता र विभेद् गरिए विद्रोह निम्तिन सक्ने उनको भनाइ थियो । सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीका प्रदेश ५ अध्यक्ष झम बहादुर गुरुङ्गले मूर्ति तोड्फोडको विषय राष्ट्रिय भएकाले प्रदेश सरकार मातहतमा घटनाको छानवीन गरि सत्य तथ्य पत्ता लगाई दोषी पहिचान गरि कारबाही गर्न माग गरे । सो अवसरमा राष्ट्रिय मुस्लिम परिषद्का केन्द्रिय अध्यक्ष हाजी डा। मोहमद हसन, नेपाल मगर संघका जिल्ला अध्यक्ष गीता सारु, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष प्रेम बहादुर थापा, बुद्ध सेवा समितिका पूर्ण बहादुर वलाल, यानु पुन लगायतले आफ्नो धारणा राखेका थिए ।

बुटवल बेलहिया छ लेन सडक खण्डको तिलोत्तमा नगरक्षेत्रभित्र पर्ने सडकमा नगरपालिकाले अनावरण गरेको २२ वटा मुर्तिमध्ये नयाँमिलदेखि शंकरनगरसम्मका ५ वटा मूर्ति गत साउन १ गते राति अज्ञात समुहद्वारा पूर्ण रुपमा फुटाईएपछि यसको सर्वत्र विरोध भइरहेको छ । इलाका प्रहरी का¥यालय बुटवलका डिएसपी भीमलाल भट्टराइको संयोजकत्वमा घटनाको छानवीन समिति बनाइएपनि प्रहरीले दोषीको सुइकोसम्म पाउन नसक्नु आफैमा आस्चर्य बन्दै गइरहेको छ ।

 
 
  
 

You may also like