लायन्स क्लव अफ बुटवल मुक्तिनाथको अध्यक्षमा भट्टराई

बुटवल । लायन्स क्लब अफ बुटवल मुक्तिनाथको बार्षिक साधारणसभा तथा छैठौ अधिबेशन बुटवलमा सम्पन्न भएको छ । अधिबेशनले लायन्स बर्ष २०२०÷२१ का लागि नया नेतृत्व चयन गरेको हो ।

जसअनुसार अध्यक्ष पदमा सुरेशचन्द्र भट्टराई ,प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद पान्डे ,द्वितीय उपाध्यक्ष पदमा कृष्ण प्रसाद आचार्य,तृतीय उपाध्यक्षमा कृष्ण भुषाल ,सचिबमा गोबिन्द बन्जाडे ,कोसाध्यक्षमा दिपेन्द्र पाण्डे , सहसचिबमा दिपककुमार चालिसे , सहकोसाध्यक्षमा तुलसीराम पाण्डे ,त्यस्तै टेल टुइस्टरमा उमलाल घिमिरे (बिस्वास), पिआरओमा बिस्वमणि भुषाल, तामरमा राजेश गौतम ,डाइरेक्टरमा सरदार भोला सिंह र राधाकृष्ण पन्थी निर्वा्चित भएका छन । त्यस्तै बर्ष २०२०÷२१ का लागि निर्वािचत कार्यसमितिलाई लायन्स अन्तरास्ट्रियको नियमानुसार पदस्थापन कार्यक्रम पछी गरिने छ ।

बर्ष २०१९÷२० का अध्यक्ष शोभाखर बन्जाडेको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिस्ट्रिक एओजी रामप्रसाद बन्जाडेले लायन्स मुक्तिनाथले लायन्स अन्तरास्ट्रियको मर्म अनुसार सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्नुभएको थियो ।त्यस्तै अतिथिहरु रिजन चेयरपर्सन लक्ष्मण रेग्मी र गाइडलाइनर गणेशप्रसाद भट्टराईले मुक्तिनाथ क्लबले यो क्षेत्रमा पुर्याएको सामाजिक सेवा र काम गर्ने सैलीको अरु सस्थाहरुले समेत सिको गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

बर्ष २०१९÷२० का सचिब कृष्ण भुषालको संचालनमा सम्पन्न अधिबेशन कार्यक्रममा निर्वाचन आयुक्त ऋषिराम भट्टराईले नवनिर्वािचत कार्यसमितिको घोषणा गर्दै अविर र मालाले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नवनिर्वािचत अध्यक्ष सुरेशचन्द्र भट्टराईले आफुलाई सर्वसम्मत अध्यक्ष्य निर्वािचत गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै लायन्स अन्तरास्ट्रियको नीति नियमको अधिनमा रहि नेपाल रास्ट्र र रास्ट्रियता प्रति अविचलित निष्ठापुर्वक नस्वार्थ सामाजिक सेवामा समर्पित रहने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो ।

 
 
  
 

You may also like